जिसस बैतडीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरे, प्रमुखमा धामी र उपप्रमुखमा कुँवरको उम्मेदवारी

June 04, 12:48

बैतडी २१ जेठ –जिल्ला समन्वय समिति बैतडीको लागि गठबन्धनका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले बैतडीमा जिल्ला समन्वय समितिका लागि गठबन्धन गरेका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरेका हुन् । 

जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको मनोनयन दर्ता भएको छ भने उपप्रमुखका लागि नेकपा माओवादी केन्द्रका दमन कुँवरको (आदर्श)को मनोनयन दर्ता भएको छ । 

यस्तै खुला सदस्यका लागि नेपाली कांग्रेसबाट करनसिंह कठायत र दानबहादुर बिष्टको मनोनयन दर्ता भएको छ भने नेकपा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको मनोनयन दर्ता भएको छ । 

यस्तै तीन महिला सदस्यका लागि नेपाली कांग्रेसबाट यशोदा चन्द, नेकपा माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना सार्कीको मनोनयन दर्ता भएको छ । 

यस्तै दलित सदस्यमा नेपाली कांग्रेसका हरु नेपालीको मनोनयन दर्ता भएको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । 

९ सदस्यीय जिल्ला समन्वय समितिका लागि गठबन्धनसंग १२ मतभार छ भने एमालेसंग ८ मतभार रहेको छ । नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र स्वतन्त्र १ गरेर गठबन्धनसंग १२ मतभार रहेको हो । बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ । 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

अछाममा एमाले विवाद : ओली र रावल पक्षका छुट्टाछुट्टै कार्यक्रम
अछाम - नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत अछाममा विवाद उत्पन्न भएको छ ।… विस्तृतमा
सुदूरपश्चिममा सरकारको नेतृत्व लिन काँग्रेसले थाल्यो परामर्श 
धनगढी – सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुखबाट २७ गतेको समय सीमा दिइएको छ । त्यसको कसरतमा… विस्तृतमा
कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि मेयरसँग…
कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा आर्थिक अनियमितताको उजुरीपछि कागजपत्र माग गरिएको छ। अख्तियार… विस्तृतमा
दार्चुलामा कार्यकर्ता कुटिएको भन्दै गठबन्धनद्धारा सडक अवरुद्ध,…
दार्चुला - दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका छन्। आफ्ना… विस्तृतमा