कञ्चनपुरको भीमदत्तका पूर्व मेयर धरौटीमा रिहा

August 23, 10:29

कैलाली,०६ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख सुरेन्द्रबहादुर विष्ट धरौटीमा रिहा भएका छन्। विरुद्ध विशेष अदालतमा मंगलवार भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी लिएर तारेखमा छोडेको हो। उनलाई पाँच लाख रुपैयाँ धरौटी माग गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि विष्टबाट पाँच लाख रुपैयाँ धरौटी मागेको हो। आदेशलगत्तै धरौटी बुझाएर पूर्व नगरप्रमुख विष्ट तारेखमा बसेका छन्।

न्यायाधीश शालिग्राम कोइराला र डा। खुशीप्रसाद थारुको इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो। विष्टको मुद्दा नम्बर ०७९–सीआर–०१५६ रहेको छ। आयोगले १० असारमा पूर्व नगरप्रमुख विष्टसहित १२ जनाविरुद्ध दायर गरेको मुद्दामा आज भने विष्टविरुद्ध मात्रै थुनछेक वहस भएको हो। यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा महाकाली नदीको रोयल्टी ठेक्कामा राजश्व चुहावट गरी गैरकानूनी लाभ उठाएको भन्दै अख्तियारले भीमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख विष्टबाट तीन करोड ३३ लाख २२ हजार रुपैयाँ बिगो भराउन, बिगोको दोब्बर जरिवाना र कैदको माग दावी गर्दै मुद्दा दायर गरेको छ। यसअघि विष्टसँगै सोही मुद्दामा आरोपित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलगायतबाट पनि धरौटी लिई अदालतले तारेखमा राखेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा