कञ्चनपुरबाट लागुऔषधसहित तीन युवक पक्राउ

August 24, 3:37

धनगढी,०७ भदौ  ।  कञ्चनपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार जिल्लाको बेलौरी नगरपालिका–६ बाट कैलालीको गौरीगंगाका २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका–७ देवहरियाका २३ वर्षिय रेशम रानालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ३ दशमलव ३० ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले विशेष सुचनाका आधारमा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको थिए। यस्तै, जिल्लाको भीमदत्त नगरपालिका–१० को पशुपति टोलबाट १ दशमलव ८३ ग्राम लागुऔषध खैरोहेरोईनसहित अर्का युवकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ६ बस्ने २३ वर्षिय प्रकाश नेपाली रहेका छन्।

उनलाई पशुपति टोल बस्ने किशोर नेपालीको घरमा चोरी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका नेपालीलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो। लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा