कञ्चनपुरमा डेंगी संक्रमणबाट २८ वर्षे युवकको मृत्यु

प्रतिकात्मक तस्बिर
प्रतिकात्मक तस्बिर
August 29, 2:56

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगी रोगको संक्रमणबाट गएराति मृत्यु भएको छ।

बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा खत्रीको मृत्यु भएको हो। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । 

भारतबाटै डेंगीको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए।

डेंगी सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा