कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, हुलाकी सडक अवरुद्ध

August 30, 11:19

धनगढी,१३ भदौ । कञ्चनपुरमा मोटर साइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएपछि स्थानीय युवाले सडक अवरुद्ध पारेका छन् । 

सोही ठाउँका २२ का सुनिल सार्कीको मृत्यु भएपछि उनीहरूले बेलडाँडी(दैजी मुख्य सडक अवरुद्ध गरेका हुन् ।

मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका वडा नं। १ अवस्थित भण्डारी टोल नजिक सुपप्र ००३प ७२११ नं।को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना सार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

सार्कीले आफैले चलाएको मोटरसाइकल हुलाकी सडकमा खाल्डोमा परी अनियन्त्रित भई दुर्घटना भएको थियो । ठेकेदारले समयमै सडक निर्माण कार्य नगर्दा  दुर्घटना हुने गरेको स्थानीय युवा हिमाल ओखेडाले बताए ।

समयमै बाटो नबन्दा स्थानीयले ज्यान गुमाउनु परेको भन्दै अहिले युवाहरूले हुलाकी राजमार्गमा आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा