विश्व भारोत्तोलनमा कञ्चनपुरका विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान 

September 11, 8:23

कञ्चनपुर,२५ भदौ । साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्। प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन्।

यसअघि भट्टले स्नाचतर्फ १२३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए। तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले प्रतियोगितामा १६/१७ वर्षपछि सहभागिता जनाएको जानकारी दिए।

उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ १४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। त्यसैगरी कीर्तिमान कायम गर्ने क्रममा विकास भट्टले जम्मा २७२ किलोग्राम तौल उचालेर तेस्रो कीर्तिमान कायम राखेको प्रशिक्षक गौतमले जानकारी दिए।

भारोत्तोलनमा राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक विजेता भट्टले सुदूरपश्चिमको प्रतिनिधित्व गर्छन्। ‘अहिलेकामा सबैभन्दा जुनियर खेलाडी भनेकै विकास हो’, प्रशिक्षक गौतमले भने, ‘विकासको प्रदर्शन उत्कष्ट नै थियो।’

त्यसैगरी अर्का खेलाडी विशाल विष्टको आगामी मङ्गलबार र सागर भण्डारी आगामी शनिबार प्रतिस्पर्धा रहेको छ। ‘महिला खेलाडी प्रतियोगितामा सहभागिता सकेर हिजो नै स्वदेश फर्किसके”, गौतमले भन्नुभयो, ‘यहाँ रहेका तीनजना खेलाडी यसअघि चीनमा हुने एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा समेत सहभागी हुनेछन्।’
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा