लम्पी स्किन महामारी स् सुदूरपश्चिममा १४ हजार बढी चौपायाको मृत्यु

September 12, 6:08

डोटी, भदौ २६ । पशु चौपायामा फैलिएको लम्मी स्किन महामारीका कारण सुदूरपश्चिम प्रदेशमा १४ हजार ३९० पशु चौपायाको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी पुष्कर नाथका अनुसार पशुमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण पशुपालन कृषकहरूको तीन करोडभन्दा बढी रकम बराबरको क्षति भएको छ । 

सूचना अधिकारी नाथ भन्नुहुन्छ, “हालसम्म तीन लाख ४६ हजार ८०८ पशुमा लम्पी स्किन रोगको सङ्क्रमण भएको छ । कतिपय स्थानीय तहहरूले यस यो रोग विरुद्धको खोप समेत लगाएका छन् । उपचारको काम भइरहेको छ ।”

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार लम्पी स्किन रोगका कारण सबैभन्दा बढी बैतडी जिल्लामा तीन हजार ४४९ र सबैभन्दा कम कञ्चनपुर जिल्लामा १ सय १९ पशुको मृत्यु भएको छ । यसैगरी डोटी जिल्लामा २ हजार ७५, अछाममा २ हजार २ सय ९१, डडेलधुरामा १ हजार ५३०, बझाङमा २ हजार ४२७, बाजुरामा ६९३, दार्चुलामा १ हजार ५३१ र कैलालीमा २ सय ७५ पशुको लम्पी स्किनका कारण मृत्यु भएको छ । 

कैलाली, कञ्चनपुर, बैतडी र बाजुरा जिल्लाका विभिन्न स्थानीय तहहरूमा पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । कैलालीमा ५ हजार ८००, कञ्चनपुरमा २ सय ९२, बैतडीमा ७ सय र बाजुरामा ३ सय २५ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । विभिन्न गैरसरकारी संस्थाहरूले पनि लम्पी स्किन रोगको उपचारका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेका छन् ।  

रोगका कारण पशुको मृत्यु भएपनि सरकारी स्तरबाट तथ्याङ्क सङ्कलन बाहेक प्रभावकारी रूपमा राहतका कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन् । लम्पी स्किन रोगका कारण पशुमा रोग लाग्ने र मृत्यु हुने भएपछि किसानलाई आर्थिक रूपमा भार परेको छ । दूध दिँदै गरेको भैँसी लम्पी स्किन रोगका कारण मरेपछि ऋण लिएर अर्को भैँसी किन्ने तयारीमा रहेको डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेगका देव ओलीले बताउनुभयो । ओलीले भने, “८० हजार पर्ने भैँसी थियो । बिहान बेलुका दूध दिन्थ्यो । उपचार नपाएर नै मर्‍यो। अव ऋण लिएर नयाँ भैँसी किन्नु पर्ने भयो ।”

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार लम्पी स्किन रोगका कारण भएको क्षतिको विवरण प्रदेश स्तरको विपद् व्यवस्थापन समितिमा पेस गरिएको छ । विपद् व्यवस्थापन समितिको सिफारिसको आधारमा प्रदेश मन्त्री परिषद्ले निर्णय गरेपछि लम्पी स्किन रोग विरुद्धको खोपका साथै अन्य राहतका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा