बैतडीमा एक शिक्षक महिनादिनदेखि बेपत्ता, अवस्था अझै अज्ञात

September 20, 2:57

बैतडी / बैतडीका एक शिक्षक एक महिनादेखि बेपत्ता रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ बर्षीय शिक्षक जयबहादुर बोहरा गएको भदौ ५ गतेदेखि बेपत्ता रहेका छन् । 

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालयबाटै बेपत्ता भएका थिए । बेपत्ता शिक्षकको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

बेपत्ता भएकै भोलिपल्टबाट प्रहरीले उनको खोजी गरिरहेको भएपनि अहिले सम्म फेला पार्न सकेको छैन्  । शिक्षक बोहराले लगाएको चप्पल भने गन्नीगाड खोलाको छेउमा फेला परेको थियो । 

खोला किनारमा चप्पल फेला परेपछि प्रहरीले टोली परिचालन गरेर बेपत्ता शिक्षक बोहराको खोजी गरेको थियो । चमेलिया नदी किनार र महाकाली नदी किनारमा समेत बेपत्ता शिक्षकको खोजी गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । 

शिक्षक बेपत्ताका बिषयमा हुलियासहित अन्य जिल्लाहरुमा समेत पत्राचार गरिएको बैतडी प्रहरीले जनाएको छ । बेपत्ता भएको एक महिना सम्म समेत शिक्षक बोहराको अवस्था अज्ञात रहेपछि परिवारजनमा चिन्ता छाएको छ । बेपत्ता शिक्षकको खोजीमा तदारुकताका साथ लाग्न परिवारजनले आग्रह समेत गरेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा