बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ

September 25, 12:55

बझाङ। बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिकाकी एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका एक नाबालकलाई पक्राउ गरिएको हो ।

अल्जाइमर भएकी उनलाई जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरीले आइतबार साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ।एक्लै भएको मौका छोपी बलात्कार गर्न पसेका बालकलाई पीडित बलात्कृत युवतीकी आमाले देखेपछि फरार भएका थिए। युवतीकी आमाले आफ्नै छोरी बलात्कृत भैरहेको देखेको बुझिएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा