गौरीगंगाले आफै नदीजन्य पदार्थको रोयल्टी उठाउने, १२ जना कर्मचारी माग

November 11, 2:06

अत्तरिया / कैलालीको गौरीगंगा नगरपालिकाले आफै नदीजन्य पदार्थको रोयल्टी संकलन गर्ने भएको छ । नगरपालिकाले चौथो पटक बोलपत्र आह्वान गर्दा पनि कसैको ठेक्का नपरेपछि आफै रोयल्टी उठाउने भएको हो ।

नगरपालिकाले रोयल्टी संकलनका लागि १२ जना ज्यालादारी कर्मचारी (रोयल्टी संकलन कर्ता) समेत माग गरेको छ । नगरप्रमुख देविदत्त कँडेलले चार पटक सम्म बोलपत्र आह्वान गर्दा पनि कसैले आवेदन नदिएपछि आफै रोयल्टी उठाउने तयारी गरेको बताए । नगरपालिकाले शुक्रबार पाँचै पटक पनि सात दिनको समयावधि राखेर बोलपत्र आह्वान गरेको भएपनि सँगै रोयल्टी उठाउने कर्मचारीको पनि माग गरेको छ ।

ठेक्का पर्ने सम्भावना न्यून भएकाले नगरपालिका मार्फत रोयल्टी उठाउन ज्यालादारी कर्मचारी माग गरिएको नगरप्रमुख कँडेलले बताए । नगरपालिकाले ज्यालामा माग गरिएका कर्मचारी सँगै रोयल्टी उठाउनका लागि आर्थिक वर्ष २०८०/०८१ असार मसान्त सम्मको सम्झौता गर्ने जनाएको छ ।

गौरीगंगा नगरपालिकाले नगर भित्र रहेका चार वटा नदीबाट नदीजन्य पदार्थ संकलन गर्दै आएको छ । जसमा चौमाला नदी, शिवगंगा नदी, कान्द्रा नदी र लिक्मा नदी रहेका छन । नगरपालिकाले चौमाला नदीको न्यूनतम बोलपत्र रकम ४० लाख २८ हजार, शिवगंगा नदीको ४८ लाख ७६ हजार, कान्द्रा नदीको ३६ लाख ४ हजार र लिक्मा नदीको ३१ लाख ८० हजार न्यूनतम रकम तोकेर बोलपत्र आह्वान गरेको थियो ।

कैलालीमा स्थानीय तहहरुले नदीजन्य पदार्थको रोयल्टी संकलन गर्ने ठेकेदार नपाउँदा पालिका मार्फत नै रोयल्टी उठाइदै आएको छ । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि बोलपत्र आह्वान गर्दा ठेक्का नपरेपछि आफै कर्मचारी परिचालन गरेर रोयल्टी संकलन गर्दै आएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा