प्रदेशको समृद्धि जडीबुटीबाट सम्भवः आयुर्वेद व्यवसायी

Aayurbedic
Aayurbedic
October 19, 6:39

धनगढी,

कातिक २ -
प्रदेशमा रहेको जडीबुटीलाई उचित उपयोग गर्न सके प्रदेशको समृद्धि सम्भव रहेको आयुर्वेद व्यवसायीहरुले बताएका छन् । आयुर्वेद औषधी व्यवसायीहरूको प्रादेशिक भेलाका लागि धनगढीमा जमघट भएका व्यवसयिहरुले उक्त कुरामा जोड दिएका हुन् । 
प्राकृतिक सम्पदाले धनी सुदूरपश्चिमको समृद्धि जडिबुडीबाट सम्भव र सबैभन्दा सहज रहेको व्यवसायीहरूको भनाइ छ । नेपाल आयुर्वेद औषधी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष जंगराज गिरीले सरकारले आयुर्वेद औषधीको विकासका लागी कानुन बनाउन आवश्यक रहेको बताए । 
‘प्रदेश सरकारले आयुर्वेदको विकास सँगै प्रदेशको प्राकृतिक सम्पदाहरूबाट लाभ लिन सके सुदूरपश्चिमको समृद्धि सम्भव छ ।’ गिरीले भने, ‘सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा प्राकृतिक सम्पदा र जडीबुटीले धनि छ, देशभरमै महँगो मूल्यमा पाइने थुप्रै जडीबुटीहरू यहाँ पाइन्छन् ।’ चीनले नेपालबाटै सबैभन्दा बढी जडीबुटी लैजाने कुरालाई उल्लेख गर्दै सुदूरपश्चिम सरकारले यसको सङ्कलन, उत्पादन, पशोधन र निकासीमा जोड दिनुपर्ने उनले बताए । 
धनगढी उपमहानगपालिकाका स्वास्थ्य संयोजक तथा आयुर्वेद चिकित्सक डा. खगेन्द्र बमले दीर्घ रोगको निदान आयुर्वेदबाट मात्रै सम्भव रहको बताउँदै यसको उपभोग र उपयोगिता वृद्धि गर्नु पर्ने बताए । ६५ प्रतिशत बढी रोगहरूको उपचार आयुर्वेद पद्धतिबाट सम्भव रहेको भन्दै उनले सरकारले पनि यसको महत्त्वलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा.चेत राज जोशीले प्रदेश सरकार ऐन तयार पारेर आयुर्वेद उपचार पद्धतिको अभिवृद्धि सँगै यस क्षेत्रमा जनशक्ति उत्पादनमा समेत अग्रसर भइसकेको बताए । 

Chetraj


कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति कुन्ती जोशीले प्रदेश सभाबाट प्रदेश आयुर्वेद सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेको कुरा उल्लेख गर्दै यसको कार्यान्वयन हुन सके प्रदेशलाई जडीबुटीबाट समृद्ध गर्न सकिने बताइन् । अब प्रदेश सरकारले आयुर्वेद उपचार पद्धति मात्रै नभएर उक्त क्षेत्रको सम्पूर्ण काम विधेयक कार्यान्वयनमा आउने बित्तिकै गर्न सकिने जोशीको भनाइ छ । 
उनले यसको कार्यान्वयनमा बढी जोड दिनुपर्ने बताइन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा