सागमा स्वर्ण जितेकी सुदूरपश्चिमकी चेली संगितालाई महेन्द्रनगरमा भव्य स्वागत

Sangita Dhami
Sangita Dhami
December 16, 2:51

कञ्चनपुर, मंसिर ३० - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कुस्तीतर्फ स्वर्ण पदक जितेर गृह नगर फर्किएकी संगिता धामीको आइतबार कञ्चनपुरमा भव्य स्वागत भएको छ । भीमदत्त नगरपालिका–३ की संगितालाई वडाको तर्फबाट स्वागत र सम्मान गरिएको हो । देश, जिल्ला र वडाको इज्जत बढाएको भन्दै खुशीयालीमा र्‍याली निकालिएको थियो ।

‘संगिताको जित हाम्रो वडाको पनि जित हो,’ वडाध्यक्ष रामबहादुर जप्रेलले भने, ‘यो सारा नेपालीको जित हो ।’ संगिताले खुशीको बेलामा आमा मात्र सहभागी भएको बताइन् । ‘बुबाले पहिल्यै हामीलाई दुःखमा छाडेर गएकाले खुशीमा सहभागी हुने कुरै भएन्,’ उनले भनिन् ।

५५ किलो तौल समुहमा १९ वर्षीय संगिताले बंगलादेशकी प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक हात पारेकी थिइन् । उनकी आमा धनादेवीले छोरीको मेहनत सफल भएको खुशी लागेको बताइन् ।

धनादेवीलाई असल आमा र राष्ट्रलाई चिनाएको भन्दै संगितालाई स्थानीयले बधाई दिइरहेका छन् । भीमदत्त नगरपालिकाले सागमा सहभागी भएका खेलाडीको सम्मान गर्ने यसअघि नै जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा