स्वास्थ्य-सौन्दर्य
July 17, 4:04
धनगढी, २ साउन - नेपाल रेडक्रस सोसाइटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । कोको–कोला र नेपाल रेडक्रसको साझेदारीमा कोरोना भाइरसको संक्रमित व्यक्तिहरुको सेवामा २४ सै घण्टा परिचालित हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ बुट र कबर ५० सेट, सेनिटाइजर २५० थान, कोलोरिन ५ लिटरको ५० जार, साबुन १ हजार ८, एन नाइनटी फाइप मास्क… विस्तृतमा
July 14, 5:09
डोटी, असार ३० – डोटीका मृगौला पीडित सुरेश रोकायाको उपचारमा आर्थिक समस्या भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ११ बारपाटाका २१ वर्षीय युवक रोकायालाई उपचार गर्न आर्थिक समस्या भएको हो।
पाँच बर्ष अगाडि दुवै मृगौला फेल भएपछि युवकको अहिले काठमाडौं महाराजञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भईरहेको छ। उनको उपचारमा आर्थिक समस्या हुन थालेपछि सहयोग गर्न सबैलाई अपिल समेत गरिएको छ।
यस्तै सुरेश रोकाया… विस्तृतमा
June 30, 4:53
सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशाला, राष्टिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल र त्रिभुवन शिक्षण अस्पतालमा सुदुरपश्चिमका थप ९६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या २५३१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको… विस्तृतमा
June 19, 6:50
धनगढी, असार ५ - सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको उपचारका लागि अग्रमोर्चामा खटिएका कन्सलट्याण्ट फिजिसियन डा. निराजनदत्त शर्मा पौड्यालले आफ्नो एक महिनाको पारिश्रमिक ४३ हजार ५ सय ८० रुपैया डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग स्वरुप प्रदान गरेका छन् ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि जारी सहयोग संकलन अभियानमा डा. शर्माले सहयोग गरेका हुन् ।
डडेल्धुरामा पीसीआर मेसिन… विस्तृतमा
June 16, 5:36
डोटी, असार २ – पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिममा रहेको सुदूरपश्चिमको डोटी जिल्ला अन्तर्गत पर्ने केआईसिंह गाउँपालिका र शिखर नगरपालिकाका लागि पश्चिम महिला जागरण समूहको संयोजनमा स्वास्थ्य सामग्री सङ्कलन गरिएको छ ।
मङ्गलवार काठमाडौँस्थित रैका टुर एन्ड ट्रेक्सको कार्यालयमा आयोजित एक कार्यक्रममा ललितपुरस्थित प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनको तर्फबाट वरिष्ठ कलाकार हरिवंश आचार्य… विस्तृतमा
June 16, 11:51
धनगढी, २ असार
भारतबाट भित्रिएका ब्यक्तिहरुलाई सिमा देखि क्वारेन्टाईनमा पु¥याउने काममा खटिएका यातायात मजदुरहरुको मंगलबार आरडिटी परीक्षण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले त्रिनगरभन्सार नाकामा आएका ब्यक्तिहरुलाई बोक्ने बसका १ सय २० जना चालक र सहचालकहरुको आरडिटी परीक्षण गरेको हो । परीक्षणका क्रममा १० जनामा आरडिटी पोजेटिभ देखिएको छ ।
निकै जोखिमका बिच यातायात्र मजदुरहरुले काम गरेका थिए धनगढी उप–… विस्तृतमा
June 15, 4:32
धनगढी, असार १ – सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।
June 14, 4:31
धनगढी, जेठ ३२ – सुदूरपश्चिममा आज थप नौ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप नौ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। पछिल्लो २४ घण्टामा २ सय १२ जनाको कोरोना परीक्षण गर्दा ९ सङ्क्रमित थपिएका हुन् ।
आज डोटीका चार जना, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या दुई सय… विस्तृतमा
June 13, 11:13
डोटी, जेठ ३१ - डोटीमा क्रियाशील पत्रकार चक्र कुँवरले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । डोटी जिल्लामा रेडियोको क्षेत्रमा १० वर्ष देखी क्रियाशील पत्रकार कुँवरले बोगटान फुड्सिल गाउँपालिका र पालीकाका विभिन्न वडाहरूमा स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो । जस अन्तर्गत गाउँपालिका लाई ५ सय वटा सर्जीकल मास्क र १५ थान स्यानिटाइजर प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारलाई कार्यालयमा हस्तान्तरण… विस्तृतमा
June 11, 3:52
डोटी, जेठ २९ – डोटीका पहिलो संक्रमित युवकलाई थप परीक्षण नगरी १५ औँ दिनमा घर पठाईएको छ । शिखर नगरपालिका–३ का २५ वर्षिय युवामा जेठ १९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आईसोलेसनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पीसीआर परीक्षण गरिएको थियो । जसमा छोरा र श्रीमतीको नतिजा नेगेटिभ देखिदा उनमा संक्रमण पुष्टि भएको थियो ।… विस्तृतमा
June 11, 2:50
काठमाडौं, जेठ २९ – सरकारले मारवाडी सेवा समितिले वितरण गरिरहेको औषधि कोरोनाको औषधि नभएको स्पष्ट पारेको छ।
मारवाडी सेवा समितिले केही समययता स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको कोरोनाको होमियोप्याथिक औषधि भन्दै देशैभर निःशुल्क वितरण गरिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई विभाग औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले समितिले वितरण गरिरहेको… विस्तृतमा
June 09, 9:17
कर्ण चन्द,
जेठ २७, डोटी
आइपास नेपालले सुदूरपश्चिम प्रदेशका बिभिन्न चार जिल्लाका स्वास्थ्य सँस्थाहरुमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाममा प्रयोग हुने सुरक्षा सामाग्री प्रदान गरेको छ । अछाम, बाजुरा, डोटी र डडेलधुरा जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीका साथै औषधी प्रदान गरिएको हो ।
आईपास नेपालले डोटी जिल्लामा पिपिई २ सेट, पुःह प्रयोग गर्न मिल्ने गावन ९०, सेनिटाईजर ३१४, सर्जिकल… विस्तृतमा
June 08, 8:02
धनगढी, जेठ २६ – कैलालीको धनगढी स्थित निसर्ग अस्पताल जुम्ल्याहा र तिम्ल्याहा डेलिभरीको रोजाई बन्न थालेको छ । स्थापना भएको झन्डै २ वर्ष भएको अवधिमा निसर्ग अस्पतालमा १ दर्जन बढी जुम्ल्याहा र तीन तिम्ल्याहा डेलिभरी सफलता पूर्वक गरिएको निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले बताए ।
निसर्ग अस्पतालमा एक महिलाले तीन शिशुलाई जन्म दिएकी छन्। जिल्लाको कैलारी गाउँपालिका ९ गदरियाकी २२ बर्सिया कविता चौधरीले दुई… विस्तृतमा
June 06, 4:47
धनगढी, जेठ २० - सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ । उनको गए राति अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको अस्पतालले जनाएको छ।
मृर्गौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिइन्। उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
June 06, 4:35
धनगढी, जेठ २४ – सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा एक जना महिलाको मृत्यु भएको छ । विरङ्ग हेल्थ केयरले सञ्चालन गर्दै आएको डायलासिस वार्डमा गए राति कैलालीको हसुलियाकी सेन्चुरी चौधरीको मृत्यु भएको हो । मिर्गौला रोगबाट पीडित उनी सेती अस्पतालमा पहिलो पटक डायलासिस गराउनका लागि पुगेकी थिइन् ।
डायलासिस अघि उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए ।… विस्तृतमा