स्वास्थ्य-सौन्दर्य
June 13, 4:45
प्रकाश बम,
दुई दशकदेखि निरन्तर शिक्षण पेशामा आवद्ध शिक्षक सुदर्शन शाहको निधन भएको छ। डोटी बहुमुखी क्याम्पसका उपप्राध्यापक शाहको ४६ वर्षको युवा उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार दिउँसो २ बजे निधन भएको हो ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ डोटी क्याम्पसका सभापतिसमेत रहेका शाह मिर्गौलामा समस्या झेलिरहेका थिए । भाइ हरिश शाहका अनुसार उपप्राध्यापक शाहको स्वास्थमा समस्या… विस्तृतमा
June 12, 8:50
डोटी
कोरोना भाइरस विरुद्धको दोस्रो लहरले महामारीको रुप लिइरहेको समयमा सम विकास केन्द्र नेपाले कोरोना भाइरस विरुद्धको १० दिने सचेतना अभियान सञ्चालन गरेको छ । एचबिसिसि, युनिलिभर र एक्सनएड नेपालसंगको सहकार्यमा स्थानीय समुदायमा कोरोना सम्बन्धी सचेतना फैलाउने उद्देश्यले युवा स्वयंसेवकहरुको अगुवाईमा उक्त अभियान सञ्चालन गरिएको हो ।
स्थानीय बासीहरुलाई कोरोना भाईरसबाट जोगिने उपाय र सर्तकताबारे सचेतना गर्न… विस्तृतमा
June 12, 8:44
जेठ २९ ÷डोटी
डोटीमा २९ बर्षीया महिलाको कोरनाका कारण मृत्यु भएको छ । जोरायल गाउँपालिका वडा नम्बर २ की महिलाको शनिवार बिहान डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा जेष्ठ १३ गते एन्टीजेन बिधीबाट जोरायल स्वास्थ्य चौकीमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । मृतकका आफन्तले कोभिड सम्बन्धी सुरक्षा अपनाई दाहसंस्कार गरेका छन् । जिल्ला बाहीर र जिल्लामै गरेर डोटी जिल्लाका १७ जनाको… विस्तृतमा
June 10, 10:41
डोटी, जेठ २७
मानवीय सेवामा अनेकौ प्रयास (साइन नेपाल) संस्था धनगढीले १५० जना कोरोना संक्रमीत लाइ पौष्टिक आहार वितरण गरेको छ । डोटी जिल्लाको आदर्श गाउपालीका वडा नम्वर १ चासीका कारोना संक्रमीत लाइ पौष्टिक आहार वितरण गरिएको हो ।
साइन नेपालका अध्यक्ष भक्तराज जोशीले गाउपालीकाका स्वास्थ्य शाखा प्रमुख वमवहादुर खड्का मार्फत चासीमा रहेका कोरोना संक्रमीतहरुलाइ उक्त पौष्टिक आहार वितरण गरेका हुन्… विस्तृतमा
June 10, 2:37
डोटी,जेठ २७
सम विकास केन्द्र ईडीसी नेपालले डेनमार्क गैर सरकारी संस्था (डीसीए) नेपालको आर्थिक सहयोगमा डोटी जिल्ला चार ओटा स्थानिय पालिकालाई २० लाख ६५ हजार ८२९ बराबरको स्वास्थ्य समग्री हस्तान्त्रण गरेको छ । जिल्लाका चार पालिका पूर्विचौकी गाउँपालिका, शिखर नगरपालिका, के.आइं.सिंह गाउँपालिका र जोरायल गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
मेडीसियन बेड, ईलेक्टोनिक वाटर, हिटर,… विस्तृतमा
June 09, 10:51
जेठ २६ कैलाली ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७९ नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कैलालीका ५७ जना र अन्य जिल्लाका १७ जना गरि ७४ जनामा संक्रमण पुष्टि भएको… विस्तृतमा
June 09, 10:03
प्रकाश बम , जेठ २६ डोटी ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सगरमाथा हेल्थ फाउन्डेसनले डोटीमा स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । फाउन्डेसनले जिल्ला अस्पताल, शिखर नगरपालिका र सायल गाउँपालिकालाई स्वास्थ्य सामाग्रीहरू वितरण गरेको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको समुपस्थितमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको… विस्तृतमा
June 09, 7:53
जेठ २६, एजेन्सी
दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ ।
राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला… विस्तृतमा
June 09, 7:10
प्रकाश बम,जेठ २६
डोटी । डोटी निर्माण व्यवसायी संघका महासचिव देबेन्द्र खड्काको निधन भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ खिरशैन निवासी खड्काको ४४ बर्षको उमेरमा कोरोना संक्रमणका कारण निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढीमा उपचारका क्रममा निधन भएको हो ।
जेठ महिनाको पहिलोसाता खड्का कोरोना संक्रमित आफ्नो सालाको उपचारमा सहभागी भएको पारिवारिक स्रोतले जनाएको छ । सालाको उपचार पश्चात… विस्तृतमा
June 08, 5:28
जेठ २५, बाजुरा
युनिसेफ बाजुराले जिल्ला अस्पतालमा रहेका संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्व कोरोना भाइरस महामारीका कारण आक्रान्त भैरहेका बेला जिल्ला अस्पताल बाजुरामा रहेका कोरोना संक्रमितका स्वास्थ्य तथा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै युनिसेफ बाजुराले स्वास्थ्य सामाग्री सहयोग गरेको युनिसेफका बाजुरा संयोजक राजेन्द्र जोशीले बताए ।
संयोजक जोशीका अनुसार युनिसेफ बाजुराले जिल्ला… विस्तृतमा
May 22, 2:34
२०७८ जेठ ८
धनगढी - धनगढी मीड सिटी ग्रुपले कोरोना महामारीको समयमा समस्यामा परेका नागरिक तथा फ्रन्टलाइनरको सहयोगका लागि अभियानको थालनी गरेको छ । अभियानमा महामारी नियन्त्रणको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्पूर्ण फ्रन्टलाइनरलाई स्वास्थ्य सामग्री सहयोग गरिने धनगढी मीड सिटी ग्रुपले जनाएको छ । साथै अभियान अन्तरगत निषेधाज्ञाको मारमा परेका आम नागरिकको सहयोगका लागि पनि सक्दो पहल… विस्तृतमा
February 21, 12:58
कैलाली, ९ फागुन - नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाइको अध्यक्षमा दिनेश भट्ट निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अमृत पाण्डेलाई ३६ भोटले पछि पार्दै भट्ट निर्वाचित भएका हुन् ।
संघको १० औ अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा तारा प्रसाद ओझा निविरोध चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा विनोद पाण्डे, सचिवमा हरि अधिकारी, कोषाध्यक्षमा लक्षमण ठकुराठी, सह कोषाध्यक्षमा दिपा बलायर निर्विरोध… विस्तृतमा
December 23, 6:49
धनगढीको कैलाली अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिय सेवा सुरु गरेको छ। अस्पतालले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिममै पहिलो पटक हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरिएको जनाएको छ। अस्पतालका सञ्चालक जनकराज जोशीले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रियाका लागि प्रदेश बाहिर धाउनुपर्ने बिरामीको बाध्यतालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिए।
‘… विस्तृतमा
November 10, 5:21
धनगढी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ । प्रदेशमा लक्षणसहितका सङ्क्रमित बढेपछि सेती मातहतकै अस्थायी कोरोना अस्पतालमा थप ५० शय्याको कोरोना अस्पताल बन्ने भएको हो । कोभिड अस्थायी अस्पताल भरिएपछि प्रदेश सरकारले शय्या थप्ने तयारी गरिएको जनाएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कोभिड… विस्तृतमा
July 26, 5:24
११ श्रावण २०७७,
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले भारतबाट फर्किएका हरुलाई अनिवार्य क्वारेन्टाएनमा राख्न पुनः निर्देशन जारी गरेको छ ।
निर्देशनालयले आइतबार विज्ञप्ती जारी गर्दै सुदूरपश्चिमका सबै स्थानिय तहहरुलाई मुलुक बाहीरबाट आएका नागरिकलाई स्थानिय तहहरुले अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न निर्देशन दिएको हो । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीका अनुसार स्थानीय… विस्तृतमा