स्वास्थ्य-सौन्दर्य
June 19, 7:51
कञ्चनपुर ,असार ५ ।
कञ्चनपुर जिल्लामा रहेका कोभिड सङ्क्रमित बिरामीहरूका लागि करिब ३९८ थान होम आइसोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्किसोर नेपालको सहयोगमा कञ्चनपुर जिल्लाका ८ वटा पालिकाहरूलाई हस्तान्तरण गरिएको छ । कञ्चनपुर जिल्लाका भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका, दोधाराचाँदनी नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी… विस्तृतमा
June 18, 9:09
डोटी,असार ४ ः जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) डोटीलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेशल नेपालको सहयोग तथा सामुदायिक बिकास केन्द्र, डोटी र समान पहुच बिकास केन्द्र डोटी संगको साझेदारीका ७३ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री शुक्रवार सिडिसीका… विस्तृतमा
June 18, 9:01
कैलाली,असार ४
धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा एक महिलाको पेटबाट ७ किलोको मासुको डल्लो निकालिएको हस्पिटलका प्रबन्धक कुबेर बहादुर शाहीले बताए । बिगत १२ वर्षदेखि पेटको समस्या झेल्दै आएकी कैलालीको गोदावरी नगरपालिका ११ कि ६० वर्षीया नरपता कामीको पेटबाट शल्यक्रिया गरेर उक्त ट्युमर निकालिएको हो ।
निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा.हेमन्त… विस्तृतमा
June 18, 7:17
बाजुरा असार ४ । बाजुरा अस्पतालले अक्जिसन प्लान्ट खरिदको बोलपत्र स्वीकृत गर्दा ३७ लाख रुपैयाँ भन्दा बढी चलखेल भएको देखिएको छ ।
प्राविधिक पक्ष नमिलेको भन्दै सस्तोमा प्रस्ताव गरेको कम्पनीलाई हटाएर महङ्गोमा ठेक्का प्रस्ताव गरेको कम्पनीलाई छनौट गरेर बाजुरा अस्पतालले ३७ लाख महंगोमा प्लान्ट किन्ने तयारी गरेपछि चलखेल भएको आरोप लागेको छ ।
दार्चुला अस्पतालले नै सोही क्षमताको र उस्तै अक्सिजन प्लान्ट ६९ लाख… विस्तृतमा
June 17, 8:55
डोटी,असार ३
डोटीको आदर्श गाउँपालीकाका होम आईसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई द सेभेन नेपाल नामक संस्थाले सरसफाईका सामग्री वितरण गरेको छ । आदर्श गाउँपालीका–१ को चाँसीका एक सय जनालाई सरसफाईका सामग्रीहरु वितरण गरिएको हो । आशिष चर्च दिपायलको सहकार्य र आदर्श गाउँपालीकाको समन्वयमा गाउँपालीकाका प्रशासकीय अधिकृत सुरत परियारलाई द सेभेन नेपालका अध्यक्ष गांगी बलायरले उक्त सामग्री हस्तान्तरण गर्नुभएको… विस्तृतमा
June 17, 8:44
डोटी, असार ३
डोटीको पुर्बीचौकी गाउँपालिकाले बिहिवारबाट भिडियो एक्सरे (युएसजी) तथा एक्सरे सेवा सुरु गरेको छ । एक वर्ष अगाडि देखि एमबिबिएस डाक्टर द्धारा सेवा प्रदान गरिरहेको गाउपालिकाले आजबाट भिडियो एक्सरे (युएसजी) तथा एक्सरे सेवा दिने भएको छ । आज एक कार्यक्रमका बिच उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष दिर्घराज बोगटीले आफ्ना जनतालाइ घरदैलोमा सेवा दिन पाएको बताउनुभएको छ ।
पेट सम्बन्धीका विरामीहरु,… विस्तृतमा
June 17, 7:23
कैलाली,असार ३ –सुदूरपश्चिमका विभिन्न स्वास्थ्य शाखामा सिजी चौधरी ग्रुपको सहयोगमा अक्सिजन कन्स्ट्रेटटर हस्तान्तरण गरिएको छ ।
सिजी चौधरी ग्रुपले ६ थान अक्सिजन कन्स्ट्रेटर कञ्चनपुरको बेलौरी स्वास्थ्य शाखामा २ थान, कैलालीको गोदावरी स्वास्थ्य शाखाका लागि २ थान र श्रीकोट बैतडी स्वास्थ्य शाखाका लागि २ थान गरि ६ थान सहयोग गरेको हो।
सिजी चौधरी ग्रुपको प्रदेश कार्यालयबाट धनगढी उपमहानगरपालिका नगर प्रमुख… विस्तृतमा
June 17, 7:09
बैतडी,असार ३ – बैतडीको शिवनाथ गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा अनिरुद्र ग्रामीण सुधार केन्द्रले ४ थान अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले जानकारी दिए ।
गाउँपालिकालाई ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण… विस्तृतमा
June 17, 5:12
असार ३ ः ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट त्यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । त्यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र त्यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका त्यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै… विस्तृतमा
June 17, 11:22
बैतडी,असार ३ –बैतडीमा कोरोना भाईरस विरुद्धको भेरोसेल खोप २ हजार ६५८ जना नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान अन्तर्गत नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
खोप लगाउन ६२ देखि ६४ बर्ष उमेर समूह तोकिएपनि अन्य उमेर समूहका नागरिकले पनि खोप लगाएका छन् । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४९९ जनाले खोप लगाएका छन् ।
यस्तै पाटन नगरपालिकामा ३३१ जना, पुर्चौंडी नगरपालिकामा ३२५… विस्तृतमा
June 17, 8:45
कैलाली,असार ३ –
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टको पुष्टि भएको हो ।
नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । यो भेरियन्ट भारतको आन्ध्र प्रदेश,… विस्तृतमा
June 14, 9:21
कञ्चनपुर, ३१ जेठ ।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले कञ्चनपुरको बेलौरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बेलौरी नगरपालिका कार्यालयद्वारा वडा नम्बर ९ कुण्डामा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि केन्द्रले स्वास्थ्य सामग्री उपलब्ध गराएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्राकृतिक स्रोत द्वन्द्व… विस्तृतमा
June 13, 9:28
धनगढी,३०जेठ ।
धनगढीमा सञ्चालित एक महिने रक्तदान अभियानमा ३ सय ५० पिण्ट रगत संकलन भएको छ । कोरोना महामारीकाबीच बिरामीहरुका लागि रगतको अभाव नहोस् भन्ने उदेश्यले सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले जेठ १ गते देखि एक महिने रक्तदान अभियान सञ्चालन गरेको थियो । ‘रक्तदान, जीवनदान’ नारासहित धनगढीको रंगशाला मैदानमा एक महिना सम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
आईतवार उक्त रक्तदान अभियानको समापन… विस्तृतमा
June 13, 7:39
डोटी, ३० जेठ
नेपाल तरुण दलका नेता ललित वलायरले शिखर नगरपालिका वडा नं १० लाई आइतवार स्वास्थ्य सामग्री सहयोग गरेका छन । सहयोग गरेको स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क तीन हजार र कपडाको मास्क पाँचहजार रहेको तरुण दल नेता ललित वलायरले वताए । एक व्यक्ति एक मास्क अभियान अन्तर्गत शिखर नगरपालिका वडा नं १० वाट शुरु गरेको वताउदै नेता वलायरले भने– ’सम्भव भए अभियान अरु ठाउमा पनि लागुनेछ ।’
कार्यक्रममा शिखर… विस्तृतमा
June 13, 5:07
डोटी जेठ ३० ः
डोटीको आदर्श गाउँपालिका १ को चाँसीगाउँ वडाको एउटा टोल हो । उक्त समुदायका प्रायजसो घरमा कोरोना भाइरसका बिरामी छन् । कामको सिलसिलामा भारत गएकाहरु संक्रमित भइ महामारीमै घर फर्केपछि संक्रमण गाउँ–गाउँसम्म पुगेको हो ।
भारतबाट फर्केकाहरु घरमा सुरक्षित नबस्दा कोरोनाले भयावह अवस्था ल्याएको आदर्श गाउँपालिका स्वास्थ्य इकाइ प्रमुख बमबहादुर खड्का बताउँछन् । उक्त चाँसी टोलमा मात्रै अहिले करिब… विस्तृतमा