स्वास्थ्य-सौन्दर्य
July 28, 8:50
धनगढी : धनगढीमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। आजदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिइन लागेको हो।
उमहानगरपालिकाले सूचना जारी गर्दै ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइने जानकारी दिएको छ।
उक्त खोप अभियान सञ्चालन गर्न उपमहानगरले १९ वटा… विस्तृतमा
July 17, 5:31
काठमाडौं । पाकिस्तानमा बाँझोपनको उपचारका लागि सन् १९८४ मा ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) को सुरुवात भएको थियो । आइभीएफको सुरुवात गर्ने डा. राशिद लतीफ खान थिए । उनले पाकिस्तानको लाहोरमा पहिलो आइभीएफ सेन्टर ‘लाइफ’को स्थापना गरेका थिए । पाँच वर्षसम्म लगातार प्रयास गरेपछि उनले सन् १९८९ मा पाकिस्तानमा पहिलो ‘टेस्टट्युब बेबी’ को जन्म सम्भव भएको थियो ।
संसारमै पहिलो पटक बेलायतमा टेस्टट्युबबाट शिशु… विस्तृतमा
July 14, 9:54
काठमाडौं – सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा दिने भएको छ। चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोनसन एन्ड जोनसन खोप आजदेखि दिइन लागेको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथि उमेर समूहका सबै नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक… विस्तृतमा
July 14, 9:46
असार ३०, डोटी ।
डोटीमा चालू आर्थिक वर्ष २०७७/०७८ को जेठ महिनासम्ममा सुरक्षीत गर्भपतन गराउनेको संख्या १ हजार ७ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भए गरेका कामहरू र प्रगतिको अवस्था आदानप्रदान गर्न बुधबार आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
उक्त तथ्यांक सुरक्षीत गर्भपतनका लागि सुचिकृत सरकारी तथा निजी स्वास्थ्य सँस्थामा… विस्तृतमा
July 11, 11:49
२७ असार: अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ ।
उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप… विस्तृतमा
June 26, 12:18
बझाङ — अध्ययन र कामको सिलसिलामा विभिन्न देशमा छरिएका बझाङीहरूले कोभिड संकटसँग जुध्न जिल्लाका १२ स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोभिड संकटबाट बझाङलाई बचाउनका लागि विश्वभर छरिएका बझाङीहरू एक जुट होऔं भन्ने नारासहित सामाजिक सञ्जालमा चलाइएको अभियानबाट संकलित रकमले स्वास्थ्य सामग्री तथा औषधि खरिद गरी स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।
संकलित रकमबाट पीपीई सेट, सर्जिकल… विस्तृतमा
June 24, 4:26
बैतडी,असार १०
जिल्ला अस्पताल बैतडीले आइतबार देखि ओपिडी सेवा शुरु गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै अस्पतालले कोरोना संक्रमणका कारण बन्द रहेको ओपिडी सेवा लगायतका अन्य सेवा असार १३ गते आइतबारबाट सञ्चालन आउने जनाएको हो ।
अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शून्यमा झरेसंगै नियमित ओपिडी सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।… विस्तृतमा
June 24, 4:13
धनगढी,१० असार – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २२३ नमूना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धनगढीका १ जना र कैलाली १९ जनामा संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको… विस्तृतमा
June 23, 10:26
कञ्चनपुर, ०९ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको हो । राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान (रौतेली… विस्तृतमा
June 22, 2:06
कर्णाली, ८ असारः कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो ।
प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा ३९२ बिरामी… विस्तृतमा
June 22, 11:25
काठमाडौँ — नेपालमा कोभिड–१९ को नयाँ भेरिएन्ट देखिएको छ । यो पछिल्लो डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप भएकाले पहिलेको भेरिएन्टसँग धेरै नजिक छ । यसलाई ‘ए वाई १’ वा डेल्टा प्लस भेरिएन्टको नाम दिइएको छ ।
यो भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत पाइएको छ ।यसको म्युटेसनको नाम ‘के४१७ एन’ हो । यसमा कोरोना भाइरसको पुरानो भेरिएन्टमा अलि परिवर्तन भएको छ । डेल्टा भेरिएन्ट नै विकसित भएर डेल्टा प्लस… विस्तृतमा
June 21, 1:46
काठमाडौ असार ७ ः नेपालमा ९ जनामा कोभिड १९ को उत्परिवर्तित भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको हो।
यो भेरियन्ट हालसम्म १० वटा भन्दा बढी मुलुकमा फैलिइसकेको मन्त्रालयले जनाएको छ। वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका… विस्तृतमा
June 21, 1:38
७ असार÷भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निस्शुल्क खोप दिइने भारत सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई निस्शुल्क खोप लगाउन अभियान थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले ब्यहोर्ने छ । निजी अस्पतालले भने… विस्तृतमा
June 20, 3:55
धनगढी,असार ६ –
सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ।अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टामा अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये ९ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।
June 19, 1:43
धनगढी, ५ असार÷
धनगढीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डर ब्यवस्थापनका लागि नेपाल शिक्षक संघ धनगढी नगर कार्यसमितिले मेयर कल्याणकारी कोषमा सहयोग गरेको छ । कार्यसमितिले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेको हो । यो रकम नेपाल शिक्षक संघका सदस्यहरुबाट संकलन गरिएको नगर अध्यक्ष नवराज ओझाले बताए ।
साथै अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर… विस्तृतमा