अक्सिजन प्लान्टका लागि नेपाल शिक्षक संघको सहयोग

news
news
June 19, 1:43

धनगढी, ५ असार÷
धनगढीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डर ब्यवस्थापनका लागि नेपाल शिक्षक संघ धनगढी नगर कार्यसमितिले मेयर कल्याणकारी कोषमा सहयोग गरेको छ । कार्यसमितिले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेको हो । यो रकम नेपाल शिक्षक संघका सदस्यहरुबाट संकलन गरिएको नगर अध्यक्ष नवराज ओझाले बताए ।
साथै अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा सहयोग गरेकोमा मेयर वडले धन्यवाद ब्यक्त गरेका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक संघ कैलालीका निवतृमान अध्यक्ष भूपाल सिंह खड्का, नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव प्रेमबहादुर शाही, नेपाल शिक्षक संघ कैलालीका निवर्तमान कोषाध्यक्ष पदमराज जोशी, बर्तमान नगर उपाध्यक्ष मोहन भण्डारी ,नगरसचिव हरिष चन्द र सचिव    (अर्थ) गोविन्द राज जोशीको सहभागिता थियो । पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु भएपछी विभिन्न संघ संस्था तथा ब्यक्तिगत बाट सहयोग जुटिरहेको नगर प्रमुख वडले बताए ।
धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ । चौधरी ग्रुप संगको साझेदारीमा उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरिरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा