परदेशबाट स्वास्थ्य सामग्री

sdsad
sdsad
June 26, 12:18

बझाङ — अध्ययन र कामको सिलसिलामा विभिन्न देशमा छरिएका बझाङीहरूले कोभिड संकटसँग जुध्न जिल्लाका १२ स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कोभिड संकटबाट बझाङलाई बचाउनका लागि विश्वभर छरिएका बझाङीहरू एक जुट होऔं भन्ने नारासहित सामाजिक सञ्जालमा चलाइएको अभियानबाट संकलित रकमले स्वास्थ्य सामग्री तथा औषधि खरिद गरी स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

संकलित रकमबाट पीपीई सेट, सर्जिकल ग्लोब्स, इग्जामिनेसन ग्लोब्स, थर्मल, पल्स अक्सिमिटर, सर्जिकल मास्क, एन नाइन्टी–फाइभ मास्क, सेनिटाइजर र कोरोनाको उपचारमा प्रयोग हुने औषधिहरू खरिद गरिएको थियो ।

एक महिनाअघि विपत्का बेला काम गर्दै आएको युवाहरूको स्वयंसेवी संस्था खप्तड छान्ना राइजिङ अप लामातोलाको पहलमा विदेशमा बस्ने बझाङीहरू र बझाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूसँग जिल्लामा ‘कोरोनाको वर्तमान अवस्था र आवश्यकता’ बारे भर्चुअल माध्यममा छलफल भएको थियो ।

जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलिया, भारतलगायतका देशमा रहेका करिब ५० युवा र स्वास्थ्यकर्मीबीच भएको छलफलमा स्वास्थ्यकर्मीहरूले महामारीका बेला जिल्लाका अस्पताल र स्वास्थ्य चौकीहरूमा औषधि, पीपीई, गन थर्मोमिटर, अक्सिमिटरलगायत स्वास्थ्य सामग्रीको कमी रहेको बताउँदै स्वास्थ्य सामग्री उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

छलफललगत्तै जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलियामा बस्ने बझाङीहरूले सामाजिक सञ्जालमा सहयोग समूह बनाएर अभियान थालेका थिए । आर्थिक संकलनका लागि अमेरिकाबाट विष्णुप्रसाद जोशी र जापानबाट रमेश थापाले सहयोग अभियानको नेतृत्व गरेका थिए ।

गो फन्ड मी, फेसबुकलगायत माध्यमबाट उक्त रकम संकलन गरिएको थियो । यसरी थालेको अभियानले एक महिनामा करिब ८ लाखको सहयोग जुटेको हो । त्यही रकमबाट सबै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको खप्तडछान्ना राइजिङ अफ लामातोलाका अध्यक्ष दिनेश थापाले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा