आजदेखि देशभर भेरोसेल र जोनसन एन्ड जोनसनको खोप लगाइँदै, क-कसले पाउँछ ?

sasasas
sasasas
July 14, 9:54

काठमाडौं – सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा दिने भएको छ। चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोनसन एन्ड जोनसन खोप आजदेखि दिइन लागेको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथि उमेर समूहका सबै नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक तथा सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि दिइने मन्त्रालयले जनाएको छ। यस्तै खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल खोप दिइनेछ।

कोभ्याक्स सुविधामार्फत सोमबार नेपाल आएको १५ लाख जोनसन एन्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइनेछ। यस्तै यसअघि लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी रहेका छन्।खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ। जोनसन एन्ड जोनसन खोपको मात्रा एक पटक मात्र लगाए पुग्छ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा