कोरोना भाइरस विरुद्ध १० दिने सचेतना अभियान सुरु

doti
doti
June 12, 8:50

डोटी
कोरोना भाइरस विरुद्धको दोस्रो लहरले महामारीको रुप लिइरहेको समयमा सम विकास केन्द्र नेपाले कोरोना भाइरस विरुद्धको १० दिने सचेतना अभियान सञ्चालन गरेको छ । एचबिसिसि, युनिलिभर र एक्सनएड नेपालसंगको सहकार्यमा स्थानीय समुदायमा कोरोना सम्बन्धी सचेतना फैलाउने उद्देश्यले युवा स्वयंसेवकहरुको अगुवाईमा उक्त अभियान सञ्चालन गरिएको हो ।
स्थानीय बासीहरुलाई कोरोना भाईरसबाट जोगिने उपाय र सर्तकताबारे सचेतना गर्न सन्देश सहित माईकिङ मार्फत प्रचार प्रसारका गर्न सुरु गरिएको सम विकास केन्द्र नेपालका कार्यक्रम संयोजक केशव परीयारले जानकारी दिनुभएको छ । स्थानिय समुदायहरुलाई कोरोना भाइरसको बारेमा जानकारी, यसको लक्षण, भाइरस सर्ने कारण भाईरसबाट बच्ने उपाय सम्बन्धी जानकारी समेत गराईएको छ ।
पहिलो दिनको अभियान दिपायल सिलगढी नगरपालिका वडा नम्बर २, ४, ५, ६ र ७ का विभिन्न ठाउँमा सचेतना मुलुक सन्देश सहित माईकिङ गरिएको उहाँले बताउनुभयो । साथै अभियान दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र के आई सिंह गाउपालिकाका विभिन्न ठाउँ तथा वस्तिमा १० दिन सम्म संचालन गरिने बताईएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा