सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचारका लागि मैत्रीपूर्ण फुटसल

मैत्रीपूर्ण फुटसलमा टीम खप्तड (सुन्तला रङ) र टीम शुक्लाफाँटा (पहेलो रङ) तस्बिर : शिवराज भट्ट
मैत्रीपूर्ण फुटसलमा टीम खप्तड (सुन्तला रङ) र टीम शुक्लाफाँटा (पहेलो रङ) तस्बिर : शिवराज भट्ट
December 24, 1:56

धनगढी, पौष ८ – सुदूरपश्चिमका पत्रकारबिच धनगढीमा भएको फुटसलमा टिम खप्तड विजयी भएको छ । आसन्न नेपाल पर्यटन भ्रमण वर्ष २०२० को प्रचार–प्रसारको उद्देश्य सहित धनगढीका पत्रकारले सोमबार पर्यटकीय स्थल खप्तड र शुक्लाफाँटाका नाममा दुई टिम बनाएर फुटसल खेलेका थिए।
मैत्रीपूर्ण खेलमा टिम खप्तडले शुक्लाफाँटालाई ११ गोल अन्तरले हरायो । टिम खप्तडका महेन्द्र बम एक्लैले ८ गोल गरे ।  धनगढीको माया मेट्रो अस्पतालले प्रायोजन गरेको मैत्रीपूर्ण फुटसलको उद्देश्य सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचार रहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए । उनी नेपाल क्रिकेट सङ्घका पूर्व केन्द्रीय सदस्य हुन्। 

खप्तड र शुक्लाफाँटा सुदूरपश्चिमका मुख्य पर्यटकीय गन्तव्य हुन् । यी दुईबाहेक पनि सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य रहेकाले तीनको प्रचारका लागि प्रतियोगिताको आयोजना गरिएको विजेता टीमका कप्तान पत्रकार दिलबहादुर छत्यालले बताए। 
स्वाथ्यका लागि फुटसल महत्त्वपूर्ण रहेकाले बालबालिकालाई निःशुल्क खेल्न दिने गरेको डल्लुज फुटसलका सञ्चालक उमेश विक्रम शाहले बताए। 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा