SPA

पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाडौं जित्नैपर्ने दबाबमा

PPL
December 18, 7:37

पोखरा,

पौष २ – 

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्नेछ ।

पहिलो खेल पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । काठमाडौँ भने पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो । सोही कारण ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंलाई खेलमा फर्कन जित्नैपर्ने दबाब छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।

दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा विराटनगरले पोखराको सामना गर्नेछ । प्रतियोगितामा पोखरा दोस्रो जितको खोजीमा रहेको छ भने विराटनगर पहिलो जित निकाल्न चाहान्छ । विराटनगर सोमबार भएको खेलमा धनगढीसंग ५ रनले पराजित भएको थियो । पोखरा गत संस्करणको विजेता समेत हो ।

सम्बन्धित वर्गका समाचारहरू

टोकियो ओलम्पिक : कल्पना परियारको राष्ट्रिय कीर्तिमान…
काठमाडौं, साउन ९  जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ… विस्तृतमा
अध्यक्ष मलासीको पद भार ग्रहण
डोटी- लामो समय देखि नेतृत्व विहिन रहेको जिल्ला खेलकुद समितिले अहिले नेतृत्व पाएको छ । आज जिल्ला… विस्तृतमा
ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन
काठमाडौँ - कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान माराकाना स्टेडियममा… विस्तृतमा
युरोकप २०२१ : डेनमार्क र इटाली क्वाटरफाइनलमा
युरोकप फुटबलको गएराती सम्पन्न खेलमा इटालीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।… विस्तृतमा