डा सन्दुक रुइत र कुलमान घिसिङलाई ‘हेमबहादुर मल्ल सम्मान’

Kulman Ghisingh n Sanduk Ruit
Kulman Ghisingh n Sanduk Ruit
December 28, 1:02

काठमाडौं : नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई आज ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ।

राजधानीमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे। साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ।

समारोहमा उपराष्ट्रपति पुनले घिसिङ र डा रुइत जस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय नलाग्ने बताए। सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने उनको भनाइ थियो। उनले नैतिकता र जिम्मेवारी नभुल्नसमेत कर्मचारीलाई आग्रह गरे।

'एक जना प्रशासकले इमान्दार भएर काम गर्ने हो भने देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने रहेछ, एकजना चिकित्सक इमान्दार भए सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने रहेछ भन्ने कुरा प्रस्ट भएको छ, देशमा सेवारत सबैले उहाँहरुबाट शिक्षा लिनुपर्दछ,' उपराष्ट्रपति पुनले भने।

समारोहमा दुई वर्षको सम्मान एकै पटक प्रदान गरिएको थियो। ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पुर्‍याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको सम्मान छनोट समितिका संयोजक पूर्वसचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए। डा रुइत मेगासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन्।

चौतिस वर्ष साल्ट ट्रेडिङमा काम गरी २५ वर्ष महाप्रबन्धक जिम्मेवारी सम्हालेका हेमबहादुर मल्लले संस्थालाई पहिचान योग्य बनाएका सो क्रममा स्मरण गरिएको थियो।

उनको योगदानको कदरस्वरुप विसं २०५९ देखि उक्त सम्मान कार्यक्रम थालिएको हो। मल्लको २०५७ कात्तिक १२ गते निधन भएको थियो। उनलाई प्रशासक/व्यवस्थापकको ‘रोलमोडल’ का रूपमा लिने गरिन्छ। बाग्लुङमा जन्मिएका मल्ल विसं २०२० मा साल्ट ट्रेडिङमा व्यवस्थापकका रूपमा प्रवेश गरेका थिए।

यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान् कोइराला, अम्बिका श्रेष्ठ लगायतलाई प्रदान गरिसकिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा