कैलाली कञ्चनपुरमा धमाधम नमुना संकलन गर्दै र्‍यापिड टेष्ट टीम

Rapid Test
Rapid Test
April 07, 6:49

धनगढी, चैत्र २५ – सरकारले कैलाली र कञ्चनपुरमा पनि कोरोना आशंका गरिएका व्यक्तिहरुको कोरोना परीक्षण सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कैलाली र कञ्चनपुरमा पोर्टेबल पीसीआर मेसिन र र्‍यापिड टेस्ट किटमार्फत कोरोना परीक्षण शुरु भएको जानकारी दिएका हुन् ।
मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले कैलालीमा १८ जना र कञ्चनपुरमा २१ जनाको कोरोना परीक्षणको काम शुरु भएको बताए ।
यस्तै जुम्ला र अछाममा पनि स्वाबको नमूना संकलन भइरहेको प्रवक्ता देवकोटाले बताए । कोरोना परीक्षणका लागि ४ सय ५० जनाको नमूना संकलन गर्ने र हरेक जिल्लाको क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमूना संकलन गरिने प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १७ सय ९६ वटा कोरोना आशंका गरिएका व्यक्तिको कोरोना परीक्षण भएको छ ।  ती मध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएको र एक जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभ भएर विभिन्न अस्पतालमा उपचारत बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रवक्ता देवकोटाले बताए ।

‘आज कोरोनाको नयाँ केस छैन,’ प्रवक्ता डा देवकोटाले भने, ‘संक्रमित ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ यस्तै कोरोनाको आशंकामा आज मात्र देशभर एक सय जना रहेको डा देवकोटाले बताए ।

काठमाडौं उपत्याकामा १६ जना र उपत्यका बाहिर ८४ गरी कूल १०० जना व्यक्ति आइसोलेसनमा रहेका पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै विभिन्न देशबाट नेपाल चैत महिनामा प्रवेश गरेको ९ हजार २ सय २८ जना देशभर क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकाटाको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालयले संक्रमित व्यक्तिसँगै सम्पर्कमा रहेका र एउटै विमानमा आएका व्यक्तिहरुलाई सम्पर्क गर्ने काम ९० प्रतिशत पूरा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको मोवाइल एप्स मार्फत २४ घण्टामा १ हजार ८ सय ५१ जनाले आफ्नो लक्षणबारे जानकारी गराएका छन् । ती मध्ये स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण हुनसक्ने उच्च जोखिम रेड जोनमा १७ जनालाई राखेको छ ।

उक्त एप्स मार्फत हालसम्म ११ हजार २ सय ३९ जनाले आफ्नो लक्षणबारे जानकारी दिएका छन् । ती मध्ये हालसम्म १ सय ७२ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा