बझाङको बुंगल नगरपालिकामा बाघको छालासहित एक जना प्रक्राउ

ARREST
ARREST
May 25, 7:31

बझाङ, जेठ १२ – बझाङको बुंगल नगरपालिकामा एक जना बाघको छालासहित प्रक्राउ परेका छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ११ का ३३ वर्षीय प्रेमबहादुर बोहरालाई आइतबार राति एक थान बाघको छालासहित प्रक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
गोप्य सूचनाका आधारमा बोहराको घरमा खानतलास गर्दा बाघको छाला लुकाईछिपाई राखेको अवस्थामा बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताए। उनको साथबाट राततिको करीब १ बजेको समयमा ८ फटि २ ईन्च लम्बाई र बिचको भागको चौडाई २६ इन्च भएको चितुवाको १ थान र चितुवाको ३ किलो पाँचसय ग्राम हड्डी बरामद गरीएको छ । पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेकोे प्रहरी निरीक्षक बोहराले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा