डोटीमा कोरोना सङ्क्रमित ५ जना पुगे, ४ जनाको उपचार सेती अस्पतालमा हुँदै

Doti
Doti
June 02, 9:50

धनगढी, जेठ २० - सोमवार कैलालीमा कोरोना पुष्टि भएका १४ सङ्क्रमित मध्ये चार जनाको घर डोटी भएको खुलेको छ। १४ सङ्क्रमित मध्ये दुई जना महिला र दुई जना पुरुष डोटीका रहेको खुलेको हो।

केआईसिंह डोटीका ५ वर्षीय बालक र २८ वर्षीय पुरुष तथा दुई वर्षीय बालिका र २७ वर्षीय महिलामा सङ्क्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ। यसअघि उनीहरूलाई गौरीगंगा नगरपालिकाको भनिएको थियो।

अहिले डोटीका ४ जनासहित १४ जना सङ्क्रमितलाई नै सेती अस्पतालमा ल्याइएको छ। उनीहरूको आईसोलसनमा उपचार भइरहेको छ। डोटीको शिखर नगरपालिकाका एक जना संक्रमितको भने जिल्ला अस्पताल डोटीमै उपचार भइरहेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा