नेपाली कांग्रेस डोटीद्वारा जिल्लामा रहेका क्वारेन्टीनहरूको निरिक्षण थालनी

Congress Dot
Congress Dot
June 17, 6:24

मनमोहन पनेरू,
डोटी असार ३ –                              
नेपाली कांग्रेस डोटीले जिल्लामा रहेका क्वारेन्टीनहरूको निरिक्षणको थालनी गरेको छ । जिल्ला सभापती प्रदीप देउवाको नेतृत्वको टोलीले निरिक्षणको थालनी गरेको हो । यसक्रममा बुधवार दिपायल सिलगढी नगरपालिका(४ मा रहेको कुमालीको माध्यामिक विद्यालयको क्वारेन्टीनको निरीक्षण गरिएको छ ।’
‘देशमा जताततै क्वारेन्टीनमा नागरिकहरूले सास्ती भोग्नुपरेको, क्वारेन्टीक संक्रमणको स्थल बनेको लगायतका समाचार सुनिए,’सभापती देउवाले भने,’त्यसैले डोटीका क्वारेन्टीनको अवस्था के छ रु भनेर जानकारी लिन पार्टीले निरिक्षण थालेको छ । ‘अब बिस्तारै नमुनाका रूपमा जिल्लाका अन्य स्थानमा रहेका क्वारेन्टीनको पनि निरिक्षण गरिने उनले बताए । ‘सबैमा त कति सम्भव हुन्छ । नमुनाका रूपमा जिल्लाका सबैजसो स्थानका केही क्वारेन्टीनमा पुग्छौ । अन्यमा पार्टी संयन्त्रमार्फत सूचना संकलन गर्छौ,’उनले भने ।
क्वारेन्टीनको अवस्था संगसंगै कोभिड(१९को महामारीको प्रकोप र त्यसले सिर्जना गरेका समस्याहरूबारे पनि समुदायस्तरबाट समस्या अध्ययन गरेर पार्टीले उपयूक्त पहलकदमी गर्ने सभापति देउवाले बताए । उनले भने,’समुदायमा देखिएका समस्या पहिचान गरेर सरकारलाई सुझाव र दवाव दिएर जिम्मेवार बनाउने हाम्रो अभियानको दायित्व हुन्छ । यसबाहेर सकेको सहयोग पनि गर्छौ ।’
क्वारेन्टीन जाँदा खाजा सामाग्री पनि लिएर जानेगरेको काँग्रेस डोटी क्षेत्र नम्बर(१ का सभापति बिजय खड्काले बताए ।
बुधवार क्वारेन्टीन निरिक्षण गर्दा जिल्ला सभापति देउवा, क्षेत्रीय सभापति खड्काका साथै जिल्ला कार्यसमितिका सचिव नारायण जोशी र नेविसंघका नेता दीपेन्द्र सिँह रहेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा