बोगटानको नीति तथा कार्यक्रम: स्वास्थ्य पहिलो प्राथमिकतामा

गाउँ सभा
गाउँ सभा
June 24, 7:59

असार १०, डोटी 
डोटीको बोगटान फुड्सिल गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । गाउँपालिकाको ७औँ गाउँ सभाले नीति तथा कार्यक्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम पेस गरिएको कार्यक्रममा ९५ लाख रकम विनियोजन गरिएको छ । पेस गरिएको कार्यक्रममा स्वदेश फर्किएका युवाहरूलाई लक्षित गरेर ‘बेरोजगार युवाहरूलाई स्वरोजगार, श्रमशक्तीको व्यवस्थापन’  कार्यक्रम सञ्चालन गरिने भएको छ । 
महिलाको कार्य बोझ कम गर्नका लागी गरिब सँग अध्यक्ष कार्यक्रम अन्तरगत खरको घर विस्थापित गरी जस्ता पाता लगाउने कार्यक्रमलाई निरन्तर दिइने भएको छ । गाउँपालिकामा नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गरी खोलिएका ट्र्याकको स्तर उन्नति गरी बाह्र महिना सडक सञ्चालन गर्न सक्ने गरी काम गर्ने गाउँपालिकाले नीति लिएको छ । 
उज्यालो  बोगटान बनाउने गाउँपालिकाको नीति अनुसार प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्य गरेर केन्द्रीय बिद्युत लाइन बिस्तार गर्ने र  स्थानीय जलविद्युत योजनाको संरक्षण गर्दै  गाउँपालिका बनाउने अभियानलाई निरन्तरता दिइने भएको छ । बाल मैत्री तथा पोषणयुक्त गाउँपालिका घोषणाका लागी आधार तयार गर्दै निकट भविष्यमा पूर्ण कार्यान्वयन गर्ने गरी कार्यान्वयन गरिने छ । 
बोगटान गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाको अध्यक्षतामा सञ्चालन भएको ७औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भगवती बमले आर्थिक वर्ष ०७७÷०७८को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा