खप्तड छान्ना गाउँपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

खप्तड
खप्तड
August 04, 8:50


२०७७ साउन २०
दोरेन्द्र खड्का, बझाङ
खप्तड छान्ना गाउँपालीकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकाे खप्तड राष्ट्रिय निकुञ्ज नजिकै रहेकाे खप्तड छान्ना गाउँपालीकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको हाे ।

गाउँपालीकाले आर्थिक बर्ष २०७६/०७७ काे बार्षिक बजेट बाट सम्पन्न भएका याेजना,विकासमुखी काम कतिसम्म सम्पन्न भए नभएको बारे जनता र जनप्रतिनिधि विचकाे कार्यदिशा कुन ठाउँमा छ भन्ने विषयलाई अगाडि बढाउने हेतुले गरिएको बताइएको छ।सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रतिपक्षको भुमिकामा रहनुभएका मिश्र बहादुर राेकायाले लिङ्गा खानेपानीकाे काम सम्पन्न नभएको तर रकम भुक्तानी भएकोमा अापत्ति पाेखेका थिए।सोही गाउँपालिकाका युवा उत्सव राेकायाले पनि सोही विषयमा कुरा उठाएका थिए। जसमा २० लाखकाे खानेपानी एक हप्तामा सम्पन्न कसरी भएको थियाे र किन भुक्तानी भएको भन्ने बारेमा आवाज उठ्दा ईन्जिनियरले भने ,"पैशा निकालेको साच्चिकै हाे तर खातामा पैशा रहेको हुदा काम सम्पन्न भए पछि मात्र भुक्तानी हुने छ।"

नेता टाेप बहादुर खड्काले शिक्षक भर्नामा अनियमितता भएको बिषयमा प्रश्न राखेका थिए। त्यस्तै ईश्वर राेकायाले अध्यापन अनुमानि पत्र नभएको मान्छेलाई विद्यालयमा शिक्षक नियुक्त गरेको विषयमा गुनासो गरे।गाउँपालीकामा प्रदेश बाट आएकाे बजेट किन फ्रिज भएको भन्ने प्रश्नमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावलले काेरोनाले गर्दा काम गर्न नसकेको हुदा बजेट फ्रिज भएको बताए। अधिकृत रावलले भने "हाम्रो खप्तड राष्ट्रिय निकुञ्ज नजिकै रहेकाे खप्तड छान्ना गाउँपालीका लाई पर्यटकीय क्षेत्र बनाईने छ र आगामी दिनमा यसकाे प्रचारप्रसार गर्दै अगाडि बढ्नेछौ।

खप्तड छान्ना गाउँपालीकामा अाज भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालीकाका जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधिहरु, जिल्ला समन्वय समिति सदस्य डवल बाेगटी लगायतको उपस्थिति रहेको थियो। सार्बजनिक सुनुवाइ कार्यक्रमकाे सहजिकरण पत्रकार जगदीश राेकाया र शैलेन्द्र राेकायाले गरेका थिए।सो कार्यक्रममा गाउँपालिकाका बासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा