लगातारको बर्षापछि सेती नदिमा आएको बाढीले बझाङमा जनजीवन कष्टकर

बझाङ
बझाङ
August 10, 12:28

२०७७ साउन २६ गते सोमबार
दोरेन्द्र खड्का बझाङ
लगातारको बर्षा पछि सेती नदीमा आएको बाढीले बझाङ सदरमुकाम जोडने जयपृथ्वी राजमार्ग अबरुद्ध भएपछी बिरामीको ज्यान जोखिम परेको छ ।

सुर्मा गाउँपालिका बडा न ४ बस्ने लक्ष्मी बोहराको हिजो बिहान १० बजे अप्रेशन गरि डेलिभरी गराउन जिल्ला अस्पताल बझाङ सफल भएपनी अत्थधिक रक्तस्राव भएका कारण उनलाई डडेलधुरा रिफर गरिएको भएपनी बाटो बन्द भएका कारण लिन नसकेको उनका आफन्तले बताएका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टर उपलब्ध गराई दिन सरकार संग आफन्तले माग गरेका छन ।

मौसममा आएको परिर्वतन संगै परिरहेको लगातारको बर्षाले आईतबार राती जयपृथ्वी राजमार्ग अन्तरगतको तमैल बजार नजिकैको छविसपाथीभेरा गाँउपालिकाको जालिङे बगरमा २० मिटर सडक बगाएको छ ।

बर्षाका कारण सेती नदीमा बढेको पानीको बहावले सडक कटान गर्दा जिल्लाका अन्य ठाँउ बाट सदरमुकामको सम्पर्क टुटेको छ । बाढीले सडक बगाए पछि यातायातका साधन चल्न सकेका छैनन । सदरमुकाम बाट जाने सवारी तमैल बजारमा रोकिएका छन भने भित्रने सवारी साधन विभिन्न ठाँउमा रोकिएका छन ।सडक बगाएको ठाँउमा माथी तिर कडा चट्टान भएकोले सडक संचालनमा आउने सम्भावना नरहेको स्थानीयहरु बताउछ्न।बैकल्किप बाटो पनि नभए पछि यातायात सुचारु हुन केहि समय लाग्ने भएको छ ।

सेती नदीमा पानीको वहाव बढे संगै नदी किनाराका वस्तिहरु जोखिममा रहेका छन । नदीले कटान सुरु गर्न थाले पछि बस्तीहरु उच्च जोखिममा रहेका हुन । लगातार बर्षा भईरहेको र नदीमा पानीको बहाब बढे पछि उच्च सर्तकता अपनाउन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा