बझाङमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

August 14, 9:36

२०७७ साउन ३० गते शुक्रबार

दोरेन्द्र खड्का, बझाङ
बझाङमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर १ घर भएकी २२ बर्षिया एक महिलाको स्क्रबटाईफस रोगबाट बिहीबार मृत्यु भएको हो ।

जिल्ला अस्पतालका डाक्टर मिलन खड्का अनुसार स्वास्थ्यमा समस्या आएपछि बिरामी महिला एक हप्ता अघिदेखि गाउँकै क्लिनिकमा उपचार गराइरहेको र स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको बताए।

अस्पतालका अनुसार यो रोग बझाङमा पहिलो पटक देखा परेको हो। किर्ना प्रजातिले टोकेमा लाग्ने यो रोगको लक्षण उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीरमा स–साना बिबिरा आउने, हातखुट्टा दुख्ने दिउँसो ठिक भए पनि राती बढी ज्वरो आउने रहेको बताइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा