डोटीमा आज ४१ जना कोरोना संक्रमित डिस्चार्ज,सक्रिय संक्रमितको संख्या ८५

डोटी
डोटी
September 03, 8:08

२०७७ भदौ १८गते,बिहिबार
चक्र बलायर,डोटी

डोटी
डोटीमा आज ४१ जना कोरोनाका संक्रमित डिस्चार्ज भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज जिल्लाका बिभिन्न स्थानिय तहबाट ४१ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा शिखर नगरपालीकाका ३९ जना रहेका छन भने, दिपायल सिलगढी नगरपालीकाका २ जना रहेका छन । आज ४१ जना सहित डोटीमा कोरोना संक्रमण बाट निको हुनेको संख्या ८ सय ६७ पुगेको छ । अब जिल्लामा ८५ जना मात्र सक्रिय संक्रमित रहेको कोरोना फोकल पर्सन दिपेन्द्र मिश्रले बताए ।

यसैगरि डोटीमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने चारै जना जोरायल गाउपालीकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख रमेस मलासिका अनुसार संक्रमण पुष्टि हुनेहरुमा गाउपालीकाको वडा नम्बर २ का २ बर्षिय बालक र २३ बर्षिय पुरुष रहेका छन । त्यसैगरी वडा नम्बर ४ का ५ बर्षिय बालक र २१ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए ।संक्रमित चारै जना करीब एक हप्ता अघि भारतबाट आएको गाउपालीकाका स्वास्थ्य संयोजक गोबिन्द बिष्टले जानकारी दिए। उनिहरु सहित भारतबाट आएका २२ जनाको स्वाब संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएकोमा १८ जनाको रीपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य संयोजक बिष्टले बताउनुभयो । संक्रमण पुष्टि भएका २ र ५ बर्षिय बालक आफ्ना आमा बुवा सहित भारत बाट नेपाल आएका थिए । तर उनिहरुका आमा बुवामा भने संक्रमण नदेखिएको उनले बताए। संक्रमण पुष्टि भएका चारै जनाको अहिले स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ । उनिहरु अहिले गाउपालीकाको आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक बिष्टले बताए । आज जोरायलमा ४ जना थपिए संगै डोटीमा कोरोना संक्रमितको संख्या ९ सय ५२ पुगेको छ । जसमध्ये शिखर नगरपालीकामा २ सय ९५,आदर्श गाउपालीकामा १ सय ९७, पुर्बिचौकि गाउपालीकामा १ सय ५७ र दिपायल सिलगढी नगरपालीकामा १ सय २७ रहेका छन । त्यसैगरी सायल गाउपालीकामा ८३, बोगटान फुडसिल गाउपालीकामा २८, जोरायल गाउपालीकामा ३१, के आइसिंह गाउपालीकामा २१ र बडीकेदार गाउपालीकामा १३ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको बताइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा