रोगले थला परेका प्रतावलाई आर्थिक सहयोग
डोटी,जेठ २७
लामो समय देखी दिर्घ रोगले थला परेका डोटीको केआई सिंह गाउँपालिका बामपन्थी नेता प्रताव सिं मगरलाई नगद सहितको सहयोग गरिएको छ । विभिन्न सहयोगीहरुबाट संकलन गरिएको ४७ हजार ६ सय नगद सहित चामल, दाल, नुन, तेल, चिनि, पङ्खा लगाएतका ३५ सय बराबरका समाग्री सहयोग गरिएको अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारी डोटीका संयोजक प्रकाश जोशीले बताउनु भयो ।
लामो समय सम्म कम्युनिष्ट पार्टीबाट राजनिति गरेका नेता मगर अहिले आएर थला परेका छन् । नेकपा एमाले, माओबादी केद्र हुदै विप्लप पार्टीबाट राजनिति गरेका मगर राजनिति छोडेर केहि समय पहिला सम्म डोटकिो पिपल्लामा जमिन भाडामा लिई तरकारी खेति गरिरहेका थिए । अहिले उमेर बढी भएपछि त्यो पनि गर्न नसक्ने अवस्थामा पुगेका मगर साहाराको खोजिमा रहेका छन् । उनि संग एउटा श्रिमति र तिन नातिनतिना रहेका छ । श्रिमती पनि मानसिक रोगि छिन् । मगरको यस्तो अवस्था देखेपछि मानवताको व्यवहारले आफुले सहयोग अभियान चलाउदा उक्त सहयोग प्राप्त भएको जोशीले बताए । जोशीले अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको छ ।