स्वर्गीय खड्काको सम्झनामा श्रद्धाञ्जली सभा
२७ जेठ, डोटी ।
निर्माण ब्यवसायी एवम कांग्रेसका युबा नेता स्व. देबेन्द्र खड्काको सम्झनामा नेपाली कांग्रेस डोटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । कोरोनाको संक्रमणबाट अकालमै ज्यान गुमाएका खड्काको सम्झनामा बिहिबार उनको निबास पुर्बिचौकि गाउपालीका वडा नम्बर १ फुलोटमा श्रदाञ्जली कार्यक्रमको आयोजना गरीएको हो ।
उनको तस्बिरमा मल्यापर्ण गर्दै सोक पुस्तिका समेत राखिएको छ । कार्यक्रममा कांग्रेस डोटीका पुर्ब कार्यवहाक सभापती राम प्रसाद उपाध्याय, जिल्ला सदस्य कुबेर खड्का, दिपायल सिलगढी नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्का र पुर्बिचौकि गाउपालीका वडा नम्बर १ वडा अध्यक्ष अंक बहादुर खड्काले स्व. खड्काको निधनमा दुख ब्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र परीवारजनमा समबेदना प्रकट गरेका थिए ।
कार्यक्रममा कांग्रेस डोटीका पुर्ब कार्यवहाक सभापती उपाध्यायले स्व. खड्काको निधनले डोटी कांग्रेसलाई अतुलनिय क्षति पुगेको बताए । निर्माण ब्यबसायि संघ डोटीका माहासचिब समेत रहनु भएको खड्काको बुधबार उपचारका क्रममा कैलालीमा निधन भएको थियो । समाज सेवामा सक्रिय रहदै सामाजिक अभियान्ताका रुपमा पनी परीचित खड्का जिल्लाकै कुसल निर्माण ब्यबसायिका रुपमा परीचित थिए ।