डोटीमा निषेधाज्ञा अषाढ १० गते सम्म लम्ब्याईयो
मोहन पनेरु,जेठ ३१ डोटी ।
डोटी जिल्लामा जारी निषेधाज्ञा अषाढ १० गते सम्मका लागी थप गएिको छ । गत वैशाख २१ गते देखी जेठ ३१ गते राती १२ वजे सम्मका लागी जारी गरिएको निषेधाज्ञाको समय सिमा आज सकिदै छ ।
पछील्ला दिनहरुमा जिल्लामा संक्रमणको दर केहि मात्रामा कमी देखीयको भएता पनी संक्रमणको जोखीम कायमै रहेकाले संक्रमणको दर न्युनीकरण गर्न अषाढ १० गते राती १२ वजे सम्मका लागी निषेधाज्ञा लाइ निरन्तरता दिइयको जिल्ला प्रशासक कार्यालय डोटीले जनायको छ ।
आज वाट थप गरिएको निषेधाज्ञा पहिलेको भन्दा केहि खुकुलो गरहेको छ । स्वास्थ्यका मापदण्डहरु पालना हुने गरी जिल्ला भित्रका होटल, रेष्टुरा, चिया पसल, मदिरा पसल वाहेक सबै प्रकृतीका पसलहरु विहान ६ वजे देखी ११ वजे सम्म र बेलुका ४ वजे देखी ७ वजे सम्म सञ्चालन गर्न मिल्ने छ ।
यस्तै बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवा सञ्चालन गर्ने निकाय तथा कार्यालयका कर्मचारीहरु कार्यालयको परिचयपत्रका आधारमा आवत जावत गर्न सक्न छन् । साथै दुइ पाङग्रे र चार पाङग्रे निजी सवारी साधन जिल्ला भित्र सञ्चालन गर्न मिल्ने प्रमुख जिल्ला अधिकारी सुनील खानालले खप्तड अनलाईन लाई जाकारी दिनु भएको छ ।