तिन  दिनमा खुल्यो वडा कार्यालयको ताला 

news
news
June 18, 2:18

डोटी,असार ४– 
पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौको वडा कार्यालयमा ताला लगाईएको तिन दिन पछि आज ताला खोली कार्यालय सञ्चालनमा आएको वडा अध्यक्ष पदम बहादुर धानुकले जानकारी दिएका छन  । 
खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले ताला लगाएका थिए । गाउँपालिका स्तरिय खेल मैदान निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयले काम रोक्न माग गर्दै ताला लगाइएको नेपाली कांग्रेसका वडा सभापति खडक साउदले बताए । विवादको समाधान नभएकोले अहिले मेसिन रोकिएको छ ।
विवाद समाधान पछि मात्रै काम सुरु गर्नु पर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नु पर्ने र सबैलाई पाएक पर्ने ठाउँमा मैदान निर्माण गर्नु पर्ने माग राख्दै स्थानीय युवाहरुले बीहिबार देखि ताला लगाएको स्थानीय युवा रतन थापाले बताए । गाउँपालिकाका अध्यक्षको अध्यक्षता बैठक बसेर विवाद समाधान गर्नु पर्ने स्थानीयको माग छ ।
खेल मैदान सामुदायीक वनमा निर्माण हुँदै छ । एकलौटी उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिस विना विवादका बीच खेल मैदान निर्माण गर्न लागिएको स्थानीयको आरोप छ । गाउँपालिकाका अध्यक्षको पाएक पर्ने गाउँ नजिक खेल मैदान बनाउन लागेको भन्दै अन्य गाउँका युवाहरु विरोधमा उत्रिएका हुन् ।
खेल मैदान सबैको पाएक पर्ने काडामाण्डौं मावि वा सोही नजिकको सामुदायक वनमा बनाउँनु पर्नेमा गाउँपालिका अध्यक्षको गाउँ नजिकको वनमा बनाएको भन्दै स्थानीयले ताला लगाएको वडा अध्यक्ष पदम बहादुर धानुकले बताए । उपभोक्त समिति र निर्माण स्थलका विषयमा विवाद भएपछि आफुले वडाबाट सिफारिस नदिएको उनले बताए । विवाद समाधान पछि निर्माण कार्य गर्नु पर्ने भए पनि एउटा उभोक्ता समितिले काम सुरु गरिसकेको वडाध्यक्ष धानुकले बताए ।
असार मसान्त सकिनै लाग्दा गाउँपालिकाले हतारमा उक्त योजनाको सुरुवात गरेको छ । निर्माण कार्य सुरु गरेको ४÷५ दिन मात्रै भएको छ । असार मसान्तको केही दिन भित्रै ३० लाख वजेट सक्ने गरेर भएको उक्त काम पारदर्शी हुनेमा स्थानीयले शंका गरेका छन् ।
उता गाउँपालिका अध्यक्षले आफुलाई विवादको वारेमा पुर्ण रुपमा जानकारी नभएको र खेलमैदान बनाउन लाई गाउँपालिका भित्र अरु राम्रो जग्गा नभएका कारण सोही ठाउँमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीले खप्तड अनलाईनलाई जानकारी दिएका छन ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा