जम्मा भएन कर्मचारी सञ्चयकोषको रकम

news
news
June 18, 4:05

डोटी,असार ४ – आदर्श गाउँपालिकाको बाँजककानी स्वास्थ्य चौकीका प्रमुख चेतराज ओझाले गत चैत्र देखि अवकास पाए । अवकास पछि उनि बिहिबार सञ्चय कोष र नागरिक लगानी कोषबाट पैसा झिक्न धनगढी पुगेका थिए । उनले धनगढी पुगे पछि मात्रै उक्त रकम कोषमा जम्मा नभएको जानकारी पाए ।
कोषमा रकम जम्मा नभएको जानकारी पाए पछि उनले गाउँपालिकाका अन्य कर्मचारी, लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतलाई बुझ्न फोन गरेको बताए । उनले फोन गरेपछि मात्रै अन्य कर्मचारीले पनि कोषमा रकम जम्मा नभएको जानकारी पाए । प्रमुख प्रशासकीय अधिकृतले समेत त्यो कुरा ओझाको फोन पछि मात्रै जानकारी पाएका थिए ।
‘कोषबाट रकम झिक्न धनगढी पुगको छु,‘ओझाले खप्तड अनलाईनसँग भने,‘मासिक पारिश्रमिकबाट बिमा र कोषका लागि रकम कट्टि गरिदै आएको थियो । मासिक तलबसँगै सो रकम पनि जम्मा गर्नु पर्ने हो तर गत साउन देखि हाल सम्मको रकम जम्मा नगरेको रहेछ ।’ कोषमा रकम जम्मा नगरेर गाउँपालिका प्रशासनले गम्भिर लापर्बाही गरेको बताउँदै उनले भने,‘कोषमा रकम जम्मा भएको भए ब्याज सहित पाइन्थ्यो तर अब जम्मा ग¥यो भने ब्याज पाउने कुरै भएन ।’
गत साउन देखि कर्मचारीको तलबबाट सञ्चयकोष, नागरिक लगानी कोष र बिमाका लागि भनि रकम कटौती गरेको भए पनि कोषमा हाल सम्म सो रकम जम्मा भएको छैन । गाउँपालिकाले मासिक रुपमा कोषमा जम्मा गर्नु पर्ने रकम एक वर्ष पुग्नै लाग्दा समेत जम्मा नगरेको हो ।
कर्मचारीको मासिक पारिश्रमिकबाट रकम कटौती गरे पनि २०७७ साउन यता सञ्चयकोषमा रकम जम्मा गरिएको छैन । कर्मचारीको मासिक तलबलबाट १० प्रतिसत रकम र गाउँपालिकाका तर्फबाट १० प्रतिशत गरि २० प्रतिशत रकम सञ्चयकोषमा जम्मा गर्नु पर्ने हुन्छ । कर्मचारीले रकम जम्मा गरेको बैंक भौचर प्राप्त गरेदेखि सो रकमको ब्याज समेत पाउछन् ।
आदर्श गाउँपालिकामा स्थायी सेवामा ६५ जना भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । उनिहरु सबैको मासिक पारिश्रमिकबाट सञ्चयकोषमा रकम जम्मा हुन्छ । गाउँपालिकाले मासिक पारिश्रमिकबाट सञ्चयकोषका लागि भनि रकम कटौती गरे पनि कोषमा जम्मा नगरेको कर्मचारीहरुले गुनासो गरेकाछन् ।
सञ्चयकोषमा मात्र भनै नागरिक लगानी कोषमा समेत रकम जम्मा नभएको कर्मचारीले गुनासो गरेकाछन् । कर्मचारीहरुले बिगत दुई वर्ष यता बिमा रकम समेत जम्मा नभएको गुनासो गरेकाछन् । बिमा रकम कटौती गरे पनि आफुहरुको बिमा नगरिदिएको कर्मचारीहरु बताउँछन् ।
गाउँपालिकाका लेखा अधिकृत हरिश धामीले सञ्चयकोषमा रकम जम्मा नगरेको स्वीकार गर्दै कर्मचारीको बिमा भने गरिसकेको दाबी गरेकाछन् । स्थायी कर्मचारीहरुको सञ्चयकोषमा रकम जम्मा गर्न काठमाण्डौं नै पुग्नु पर्ने भएका कारण रकम जम्मा गर्न नसकिएको उनले बताए । नागरिक लगानी कोषमा दुई जना मध्य एक जनाको रकम जम्मा गर्न छुटेको उनले बताए ।
जिल्लाका अन्य स्थानीय तहहरुले भने मासिक पारिश्रमिकसँगै कोषमा रकम जम्मा गरेको पाइन्छ । कोषमा रकम जम्मा गर्न बैंक भौचर र अनलाइन फार्म भरेर पठानु पर्दछ । अन्य कागजात पछि पठाउने गरेर बैंक भौचर र अनलाइन फार्म उपलब्ध गरायो भने कोषमा रकम जम्मा हुने गरेको अन्य पालिकाका लेखा अधिकृतहरु बताउँछन् ।
जिल्लाको एक स्थानीय तहका लेखा अधिकृतले भने,‘मासिक पारिश्रमिकसँगै सो रकम कोषमा जम्मा गर्न सकिन्छ कहिले काही अन्य व्यस्तताले १० देखि १५ दिन ढिला हुनसक्छ । एक वर्ष सम्म रकम जम्मा नगर्नु भनेको गम्भिर त्रुटि हो । कर्मचारीले सो रकमको ब्याज समेत पाउँदैनन् ।’
आदर्श गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काले कोषसँगै दुई वर्ष यता बिमाको रकम समेत जम्मा नभएको जानकारी पाएको बताए । ‘नियम अनुसार पारिश्रमिकसँगै कोषमा रकम जम्मा हुनुपर्ने हो तर हाल सम्म रकम जम्मा नभएको रहेछ, उनले भने,‘के कति कारणले नभएको हो बुझौला । कर्मचारीहरुलाई यसले ठुलो नोक्सानी भएको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले कोषमा रकम जम्मा नभएको जानकारी पाएको बताउँदै लेखामा अनुभवी कर्मचारी नभएका कारण यस्तो हुन गएको बताए । ‘हामीसँग भरकरै नाम निकालेर आएका नयाँ लेखापाल छन् उनिहरुलाई कोषमा रकम जम्मा गर्ने कुरा जानकारी नहुन सक्छ,‘उनले भने,‘ मलाई पनि यो विषयमा त्यती जानकारी छैन, लेखामा बुझेर तुरुन्त सोमवार सम्म  नै त्यो रकम जम्मा गर्न लगाउँछौं ।’
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा