आगामी आर्थिक बर्षको नीति,कार्यक्रम तथा बजेटबारे शिखर नगरपालिकाले गर्यो सरोकारवाला सँग परामर्श बैठक
डोटी,असार ५
डोटीको शिखर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८। ७९ को नीति,कार्यक्रम तथा बजेटबारे सरोबारवाला निकाय सँग छलफल तथा परामर्श बैठक गरेको छ ।
नगरपालिकाले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट बैठक सुरु गरेको हो । बुधबार शिखर नगरपालिकाको आगामी आ.व.२०७८।७९ को नीति कार्यक्रम एवं बजेट सम्बन्धमा नागरिक समाज संस्था तथा गैरसरकारी संघ संस्थाहरुसँग परामर्श बैठक सम्पन्न गरेको छ । कार्यक्रम शिखर नपाका मेयर सिताराम जोशीको अध्यक्षतामा सञ्चालन भएको थियो । आर्थिक वर्षको नीति तथा कार्यक्रम बारे योजना अधिकृत लोकराज जोशीले जानकारी गराउनु भएको थियो ।
उक्त परामर्श बैठकको मुख्य एजेण्डा शिखर नपा क्षेत्र भित्र सक्रिय रहेका संस्थाहरुको वार्षिक कार्यक्रम नगरपालिकाको नगर सभाबाट स्वीकुत गराएर नगरपालिकासँगको समन्य र सहकार्यमा कार्यान्वयन गर्नु पर्ने बताए ।
नगरपालिकाको सामाजिक न्याय सहितको दिगो समृद्धि र विकासका लागी स्थानिय सरकार,निजी क्षेत्र,सहकारी र विकासको साझेदारका रुपमा रहेका गैरसरकारी संस्थाहरुको समन्वय र सहकार्य आवस्यक देखिएको भएर यो छलफल तथा अन्तरक्रिया कार्यक्रमले नीति तथा कार्यक्रम तर्जुमा देखि यसको कार्यान्वयन चरण सम्म सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ । त्यसैगरी सहभागी संस्थाहरुले पनि आ. आफनो वार्षिक क्रियाकलाप बारे जानकारी गराएका थिए ।
कोरोना संक्रमणका कारण भर्चुअल मार्फत बैठक सञ्चालन गरेर स्थानिय तथा नागरीक समाज,संस्थाहरु विकासका साझेदार भएकाले सबैले हातेमालो गर्न आवस्यक रहेको नगरपालिकाका मेयर सिताराम जोशीले बताउनु भयो ।
पालिकाले तय गरेका नीति तथा कार्यक्रममा आएका सुझाव तथा सल्लाहलाई आत्मासा गर्ने समेत जोशीले प्रतिबद्धता गर्नु भएको छ ।