डोटीको  पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी

news
news
June 22, 10:23

डोटी,असार ८– असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला लगाइएको छ । गाउँपालिकाका अध्यक्षले खेलकुद बजेट आफू निकटका व्यक्तिलाई दिएको आरोप लगाउँदै स्थानीय युवाहरुले ताला लगाएका हुन् ।
गाउँपालिकाले सबै वडाका युवाहरु समावेस गरिएको समितिलाई खेलकुद बजेट नदिएर अवैधानिक आफू अनुकुलको समितिलाई मसान्तको अन्तिममा ५ लाख बराबरको बजेट दिएको स्थानीय युवा भुवन कठायतले बताए । गाउँपालिकालाई सल्लाह सुझाब दिन जाँदा नमाने पछि ताला लगाउनु परेको उनले बताए ।
पूर्वीचौकी गाउँपालिकामा पटक – पटक तालाबन्दी हुँदै आएको छ। असार मसान्तकै बीच गाउँपालिकामा ताला लागेपछि नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित हुने भएको छ।

 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा