डोटीमा निर्माण भएको बर्ष दिन बिति सक्दा पनी प्रयोगमा आएन शौचालय
डोटी,असार ९ – जिल्ला सदरमुकाम नाचन्थली सिलगढीमा शौचालय निर्माण भएको एक बर्ष बिति सक्दा पनी प्रयोगमा आएको छैन् । प्रदेश सरकारबाट दश लाख बजेट छुटिसकेपछी उक्त शौचालयको निर्माण समिति मार्फत भएको थियो । गत असार महिनामै निर्माणको काम सकेर वडालाई हस्तान्तरण गरिसकेको समितिका अध्यक्ष कुष्ण बोहराले बताउनु भयो ।निर्माण गरेको शौचालय प्रयोगमा नआउदा यात्रु तथा अन्य ठाउँबाट आवतजावत गर्ने मानिसलाई समस्या भएको स्थानिय राम कून्जेडाले बताए ।
शौचालयका लागी आवश्यक पानीको ब्याबस्था वडाले गर्ने भनेता पनी हुन सकेको छैन् । वडा अध्यक्ष संग बुझ्दा कोरोनाका कारणले काम गर्न नपाएको उनको उहाको भनाई छ। कोरोनाको कहर कम भए लगतै शौचालयका लागी आवश्यक पानीको ब्याबस्था गरेर शौचालय प्रयोगमा ल्याउने दिपायल सलिगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष बोहराले बताउनु भयो ।
निर्माण भएका भौतिक संरचना प्रयोगमा नआउनु दुःखको कुरा हो । सरकारले आबश्यक बजेट बिनयोजीत गरीसके पछी पुर्णता पाय बिकास हुने थीयो । दीपायल सिलगढी नगरपालीकाका अन्य बजारी क्षेत्रमा भने सार्बजनीक शौचालय नहुदा स्थानीयले होेटेलमा नास्ताको निहु गरेर शौच गर्नु पर्ने बाध्यता रहेको छ । नगर पालीकाले सार्बजनीक शौचालयको लागी कुरा गरेको भएता पनी बन्न्न सक्दा यस्तो समस्या भोग्नु परेको छ ।