डोटीमा निषेधाज्ञा १० दिन थप भयो, जोर बिजोर प्रणालीबाट सवारी चल्ने

डोटीमा निषेधाज्ञा १० दिन थप भयो, जोर बिजोर प्रणालीबाट सवारी चल्ने
डोटीमा निषेधाज्ञा १० दिन थप भयो, जोर बिजोर प्रणालीबाट सवारी चल्ने
June 23, 5:22

डोटी,असार ९ ः डोटी जिल्लामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । बुधवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डोटीको बैठकले जिल्लामा कोभिड सङ्क्रमित दर केहि मात्रामा घटेको भए पनि सङ्क्रमणको जोखिम कायमै रहेकाले निशेधाज्ञा असार २० गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
निषेधाज्ञा थप गरिएको भए पनि केही सहज बनाईएको छ । जिल्लाभित्र सार्वजनिक सवारी साधन जोर बिजोर रुपमा सञ्चालन गर्न पाईने भएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरि पसलहरु बिहान ६ बजे देखी १२ बजेसम्म र बेलुका ४ बजेदेखी ८ बजेसम्म खोल्न पाईने भएको छ । होटेल, रेष्टुडेन्ट, चियानास्ता पसलले पनि बिहान ८ बजेदेखी साँझ ८ बजेसम्म होम डेलिभरीबाट सेवा दिन पाउँने भएका छन् ।
त्यस्तै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरु, गैर सरकारी संघ संस्थाहरुलाई न्युनतम कर्मचारीको उपश्थितिमा सेवा दिन प्रमुख जिल्ला अधिकारी सुनिल खनालद्धारा हस्ताक्षिरित बिज्ञप्तिमा भनिएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, साँस्कृतिक गतिविधिहरु जस्ता कार्यहरु भौतिक उपस्थितिमा गर्न भने नपाईने भएको छ ।
डोटी जिल्लामा निषेधाज्ञाको समय थप गरिएको यो छैँटौै पटक हो । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निषेधाज्ञा जिल्लामा जारी छ । यो भन्दा अगाडी थपिएको निषेधाज्ञाको समय बिहिवार राति १२ बजे सकिदै छ । निशेधाज्ञाको पालना नगरेमा कडा कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन् ।
 

डोटीमा निषेधाज्ञा १० दिन थप भयो, जोर बिजोर प्रणालीबाट सवारी चल्नेडोटीमा निषेधाज्ञा १० दिन थप भयो, जोर बिजोर प्रणालीबाट सवारी चल्ने

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा