साँफे–मार्तडी सडकखण्ड दुई साता देखि अवरुद्ध

news doti
news doti
June 28, 5:04

बाजुराः जिल्लाको मुख्य राजमार्ग मानिने साँफे–मार्तडी सडकखण्ड दुई साता अघि देखि अवरुद्ध बनेको छ । गत हप्ता आएको अविरल वर्षाका कारण साँफे–मार्तडी सडकखण्डको बार्जुगाड, सेरा, बल्दे , अम्कोट लगायतका विभिन्न ठाउँमा पहिरो खसेपछि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध बनेको हो ।
हरेक वर्ष वर्षायाममा अवरुद्ध हुँदै आएको साँफे–मार्तडी सडकखण्ड यसपालि भने गत जेठ महिनाबाटै पटक–पटक अवरुद्ध हुँदै आएको छ । गत जेठमा अविरल वर्षाका कारण साँफे–मार्तडी सडकखण्ड अन्तरगत पर्ने रिलामा बाढी पहिरो आँउदा सडक अवरुद्ध हुनुका साथै स्थानियका होटेल पसलमा समेत क्षती पुर्याएको थियो भने बुढीगंगा नगरपालिका अन्तरगत पर्ने ताप्रेसेरा खोलामा आएको बाढीेले सडक अवरुद्ध पार्नुका साथै सेरा बगरमा स्थानियले लगाएको गहुँबाली पनि नष्ट पारेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा