कविताः मृत्युदण्ड देऊ

kala
kala
March 15, 5:53

कविताः मृत्युदण्ड देऊ

मान्छे हुँदा चित्र, छ भित्र जाली।
बाँची रहेको रिसराग पाली ।।
माया दयायुक्त न भाव जाग्छ।
यी तुच्छभन्दा पशु उच्च लाग्छ।।

हत्या गरी, बालकमाथि भोग।
पिशाचभन्दा पनि उग्र सोच।।
गिद्देपना, मानव बाह्य चोला ।
यस्तो कुनै दन्त्य कथा नहोला।।

कुदृष्टि तिम्रो किन बालमाथि ?
फलाम वा पत्थर के छ छाती ?
थाल्यौ तिमी लुट्न दिदी र बैनी ।
आमा र काकी नभनी मनैमी।

घट्ना सुने आङ सिरिङ्ग हुन्छ ।
सम्झेर पीडा मनमात्र रुन्छ।।
मान्छे कुनै राक्षस भै उदायो।
देखेर बाच्छो मृगले कुदायो ।।

********

समाजमा विघ्न थपी अनेक।
पारेर बाधा म बँचें भने त।।
उदण्डका लागि उदण्ड लेऊ।
यस्तो मलाई मृत्यु दण्ड देऊ।।

कविः तीर्थराज भट्ट
डोटी, जोरायल
हालः धनगढी

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा