बाजुरामा ‘एक विद्यालय, एक कम्प्युटर’
July 01, 10:50
बाजुरा : बुढीगंगाका सम्पुर्ण विद्यालयमा ‘एक विद्यालय, एक कम्प्युटर’ कार्यक्रम संचालन गरिएको छ । नगरपालिकाका सम्पुर्ण विद्यालयलाई आधुनिकता संग जोड्ने उद्देश्यका साथ बुढीगंगा नगरपालिकाका सम्पुर्ण विद्यालयमा ‘एक विद्यालय, एक कम्प्युटर’ कार्यक्रम संचालन गरिएको नगरप्रमुख दिपक शाहले बताएका छन् ।
उनका अनुुसार बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बढीगंगा नगरपालिकामा कम्प्युटर नभएका १७ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ ।
नगरपािलकाका विद्यालयमा ‘एक विद्यालय, एक कम्प्युटर’ कार्यक्रम लागु गरिएपछि विद्यालयको प्रशासनिक तथा शैक्षिक स्तरमा सुधार आउने नगरले आशा लिएको नगरप्रमुख शाहले किनारा न्युजलाई बताएका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरका सबै विद्यालयमा इन्टरनेट जडान गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
August 25, 5:46
April 26, 6:43
August 26, 4:38
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा