ओली निकट युवाको आक्रमणप्रति नेविसंघको विज्ञप्ती मार्फत आपत्ती

asasa
asasa
July 01, 10:54

बाजुराःअराजक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी प्रसाशन पुर्ण रुपमा असफल भएको नेविसंघको ठम्याई रहेको छ ।
ओली निकट युवाले गरेको आक्रमणप्रति नेविसंघ बाजुराले प्रेस विज्ञप्ती मार्फत आपत्ती जनाएको छ । बुधबार साँझ नेपाल विद्यार्थी संघ लगायत ५ ओटा विद्यार्थी संगठनले वर्तमान सरकारले गरेका असंवैधानिक क्रियाकलापको देशव्यापारी रुपमा आन्दोलन गर्ने कार्यक्रम अन्तरगत विरोध गरिरहँदा ओली निकट अनेरास्वीयु र युवा संघ बाजुराका युवाहरुले नेपाल विद्यार्थी संघका नेताहरु माथी आक्रमण गरेका थिए ।
वर्तमान ओली सरकारले नेपाली जनताको ठुलो त्याग र बलिदानीबाट प्राप्त गरेको संविधान माथी बेइमानी गरी खिल्ली उडाईरहेको, देश कोरोना कहरले आक्रान्त भएका बेला राहात दिनुको सट्टा बढ्दो कुशासन, भ्रष्ट्राचार, महंगी बिरुद्ध गरिएको विरोधमाथी आक्रमण हुनु निन्दनिय भएको भन्दै नेपाल विद्यार्थी संघ बाजुराले प्रेस विज्ञप्ती मार्फत आपत्ती जनाएको नेपाल विद्यार्थी संघ बाजुराका निर्वमान सदस्य तपेश रावलले बताए ।
उनका अनुसार नेपाल नेपाल विद्यार्थी संघ लगायत ५ ओटा विद्यार्थी संगठन वर्तमान सरकारका विरुद्ध निकालेको विरोधमा ओली निकटका युवा नेताहरुको आक्रमणबाट नेपाल विद्यार्थी संघका युवा नेताहरु घाइते भएका छन् ।
साथै यस्ता आक्रमणकारी क्रियाकलापबाट बिचलित बाजुराको शान्ती सुरक्षा कायम गर्नका लागि नेपाल विद्यार्थी संघ बाजुरा पछाडी नपर्ने प्रतिवद्धता पनि नेपाल विद्यार्थी संघ बाजुराका निर्वमान सदस्य तपेश रावलद्धारा हस्ताक्षिरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ती हेर्नुहोस्

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा