बाढीले बाजुराको बुढीगंगाका २ पसल बगे

assa
assa
July 02, 4:21

 बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार राति आएको वर्षाका कारण दुई पसल बगेका छन्।
बिहीबार राति आएको अविरल वर्षाले बुढीगंगा नगरपालिका -६ स्थित बाम्का बजारका दुई वटा पसल बगाएको हो।

बजार छेउमै रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपालिकाका लोकेश नाथ र मन थापाको पसल बगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बाढीले नाथको होटेल र थापाको ग्यारेज बगाएको प्रहरीले जनाएको छ। साथै बाढीका कारण बजारका एक दर्जन भन्दा बढी पसलमा क्षति भएको स्थानीय बासिन्दाले बताएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा