अबको २० बर्ष पछि नयाँ पुस्तालाई कस्तो वडा हस्तान्त्रण गर्ने ?
सुरेन्द्र शाह
स्थानिय तहको निर्वाचन सकिएको पनि चार बर्ष बिति सक्दा पनि धनगढी उपमहानगरपालिका वडा २ मा कुनै पनि गति लागदो काम गर्न सकेको छैन ।
अब जन्ता नागरिकलाई कस्तो वडा चाहिएको हो ? अबका आबश्यक्ता के हुने ? नागरिकका सपना के छन भनि तीन हजार वडा बासिका सल्लाह सुझाब लिखित रूपमा लिने योजना रहेको छ । अबको २० बर्ष पछि नयाँ पुस्ता लाई कस्तो वडा हस्तान्तरण गर्ने र कस्तो वडा बनाउने भन्ने सल्लाह सुझाबलाई आत्म सात गर्ने नागरिकको सहभागीतालाई नागरिकको चाहानालाई पूरा गर्ने जिम्मेवारीका साथ ती सपना पूरा गर्ने संकल्प हामी गर्ने छौ । त्यसकारण तपाईंको सल्लाह सुझाब आउने पुस्ताको भबिष्य संग जोडिएको छ । सल्लाह र ?सुझाब दिएर साथ दिनु होला ।
केही योजना निम्न अनुसार छन ।
१. धनगढी वडा न ः २ भरि गुणस्तरीय आकर्षक ब्यबस्थित सडक बनाउने।
२.तिल्केताल संरक्षण गरि बिच तालमा पृथ्वीनारायण शाहको ठुलो स्ट्याचु बनाई तालको स्वरुप सुन्दर बनाउदै स्ट्याचुहरु ताल वरिपरि बनाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउने ।
३.वडा नः २ लाई हरियाली बाताबरण बनाउन बिभिन्न फलफुलका बिरुवा रोपेर ब्यबसायिक रूपमा फलफुल खेति गर्ने ।
४.रोजगारी सृजना गर्ने उत्पादनशील समाज बनाउने ।
५. सेबक सरकार बनाउने नागरिकको जिबनस्तर सुधार गर्ने
६.सफा सुन्दर ब्यबस्थित वडा बनाउने ।
७. सीप मुलुक तालिम दिई दक्ष जनशक्ति उत्पादन गर्ने ।
८. नागरिकको खुसि संगै शान्ति सुरक्षामा बिशेष ध्यान दिने ।
९.गुणस्तरीय स्वास्थ र शिक्षा निशुल्क गर्ने ।
स्थानीय सरकारको चार बर्षिय कार्यकाल पूरा भैसकेको अबस्थामा मिसन भिजन र कार्य क्षमता नभएको प्रष्ट देखिन्छ । र हामी नागरिकलाई पनि आज सम्म बास्तबमा हाम्रो वडा नः २ कस्तो बनाउने ? भन्ने बहस नै भएन नागरिकले आज सम्म जस्तो छ त्यसैमा चित्त बुझाए अब समय फेरियो आबश्यक्ता फेरिय सोच र बिचार फेरिय अब को नया पुस्तालाई नया र सुन्दर वडा सुम्पनु हाम्रो जिम्मेवारी आएको छ र यस्को लागि तपाईंहरुको लिखित सल्लाह सुझाब चाहिएको छ कृपया सबैले आफनो अमुल्य सल्लाह सुझाब दिनु होला भन्ने अपेक्षा रहेको छ ।