डोटीमा समस्या पहिचान गर्न नसक्ने टोललाई स्थानिय सभाले छनोट गर्ने
सरिता कठायत
डोटीको के आईसिंह गाउँपालिका वडा ५ रानागाउँमा समस्याहरू पहिचान गर्न नसक्ने टोललाई स्थानीय सभाको समितिले छनोट गर्ने भएको छ । नागरिक समाज तथा जनप्रतिनिधिहरुकोे बैठकमा रानागाउँ स्थानिय सभामा समस्याहरू पहिचान गर्न नसक्ने टोलहरू छनोट गर्ने भएका हुन ।
समस्या आउँदा पनि आफ्ना समस्याहरूको पहिचान गर्न नसकेको भएर टोल छनोट कार्य गर्न लागेको वडा सदस्य सोपान सिं रावलले बताउनुभयो । उहाँले वडा कार्यालय बाट समस्या पहिचान गर्न नसकेको टोलहरूलाई गर्नुपर्ने सहयोगको लागि वडा र आफू तयार रहेको बताए । रानागाउँ स्थित वडा कार्यालय, सरोकारवाला सबैले यो बिषयमा जिम्मेवारी पूर्वक टोल छनोट कार्यमा लाग्ने जानकारी गराएका हुन ।
एफएमडिसि द्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत के,आई,सिहं गाउँपालिका वडा नम्बर ५ रानागाँउमा स्थानीय सभा गठन गरेको थियो । यो भन्दा अगाडि वडा स्तरमा रहेका विभिन्न समस्या तथा सवालहरू माथि छलफल गर्दै आएको र धेरै समस्याहरू समाधान भएको हुनाले अब टोलमा रहेका समस्याहरू समाधान गर्नको लागि टोल छनोट कार्य अगाडि बढाएको स्थानीय सभाका संयोजक दुर्गा सिं रावलले बताउनुभयो ।
आगामी दिनमा संस्थाले यसरी नै साथ दियो भने प्रत्येक टोल टोलमा रहेका समस्या हरू पहिचान गरेर समस्या समाधान गर्न कार्यसमिति पुर्ण रूपमा तयार रहेको जानकारी गराउनु भयो । बैंठकमा उपस्थित रहेका सरोकारवालाहरूको छलफलले समस्याहरूलाई बाहिर ल्याउन नसकिरहेका सम्पूर्ण टोलबस्तीलाई पनि पहिचान गरेर उहाँहरूका जुनसुकै समस्यालाई प्राथमिकतामा राख्न उचित भएको हुनाले यो कार्यमा तिव्ररूपमा लाग्नुपर्ने निर्णय भएको छ ।