दिपायल धनगढी हवाई उडान मंगलबारबाट पुनः सञ्चालनमा आउने

news doti
news doti
July 03, 12:50

डोटी – कोरोना महामारीका कारण बन्द रहेको दिपायल धनगढी हवाई उडान मंगलबारबाट पुनः सञ्चालनमा आउने भएको छ । गत आसोज ३० गते बाट सञ्चालनमा आएको हवाई उडान सेवा महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द गरिएको थियो ।

सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै हवाई उडान सञ्चालन हुन लागेको हो । दिपायलबाट धनगढीका लागि र धनगढीबाट दिपायलका लागि प्रत्येक हप्ताको मंगल र शुक्रबार उडान भर्ने समिट एयरले जनाएको छ । जहाजमा कूल १८ जना सिट क्षमता रहेको छ ।

पछिल्लो समय दुई वर्ष मुनिका बालबालिकाको भाडा दर ३ सय ५०, दुई वर्ष देखि ११ वर्ष मुनिकाको भाडादर २ हजार ५० र ११ वर्ष भन्दा माथिका यात्रुको भाडा ३ हजार ४ सय निर्धारण गरिएको नन्दनसिंह कार्कीले बताए । जहाजको टिकट डोटीको दिपायलमा रहेको होटेल रिभर साईडबाट बुकिङ्ग गर्न सकिने छ । टिकट बुकिङ्गका लागि ०९४–४१२०६८, ९८५८४२२४२८, ९८०१७२२४२८ मा सम्पर्क गर्न सकिने छ ।

निजी क्षेत्रको विमान कम्पनी समिट एयरले डोटीसँगै सूदुरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, अछाम र बैतडीबाट पनि धनगढीका लागि उडान भर्ने जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा