सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा कायमै गर्दै असार मसान्तसम्म  निषेधाज्ञा थपियो

s
s
July 04, 2:22

प्रकाश बम,असार २० गते डोटी –  डोटीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या केही मात्रामा घटे संगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि  खुकुलो पार्दै लम्ब्याएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा सातौ पटक खुकुलो पार्दै निषेधाज्ञा थपिएको हो।

पछिल्ला दिनहरूमा जिल्लामा कोरोना भाइरस केहि मात्रामा कमि देखिएको भएता पनि  संक्रमणको जोखिम कायम रहेकोले  यसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड –१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश  बनेको  २०७८  को दफा ५ को उपदफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) वमोजिम  बैशाख २१ गते देखि  लागु गरिएको निषेधाज्ञा  पुनः असार २० गते देखि असार ३१ गते राती १२ः००  सम्मका लागि  सातौं पटक निषेधाज्ञा खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।  

a

प्रमुख जिल्ला अधिकारी सुनिल  खनालले भने, ‘सातौ पटक थप गरिएको निषेधाज्ञामा धेरै सहजीकरण गरिएको छ। सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाउने,मोटरबाइक, प्राइभेट गाडी, खाद्यान्न , फेन्सी पसलहरु , बैंक तथा बित्तीयसंस्थाहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरि  खोल्न पाईने छन्  ।’  उनले थपे , होटेल तथा  मदिराका पसलमा  लगाईएको रोक भने कायमै रहेको छ।’   निषेधाज्ञाको पुर्ण पालना नगरे जिल्ला कोभिड –१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश  बनेको  २०७८ र स्थानीय प्रसासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खनालले हाम्राकुरालाइ जानकारी दिए ।       जिल्ला प्रशासन कार्यालय डोटीले बार अनुसार सेवा दिने गरेको खनालले बताए । प्रशासनले असार ११ गते देखि नागरिकता,राहतदानी, नावालिका परिचयपत्र र संघसंस्था, पत्रपत्रिका दर्ता तथा नविकरणको सेवा प्रवाह सम्बन्धिका कार्य गरि रहेको उनले  बताए  ।
जिल्लामा मदिरामा लगायको रोक कायमै रहेपनी भित्रीरुपमा बिक्रि वितरण भइरहेको श्रोतको दाबी छ।        शनिबार सम्म जिल्लाभर नयाँ भेरियन्टका २९ जना कोरोना भाइरका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्घव बहादुर ठगुन्नाले बताए । संक्रमित सबै होमआइसुलेसनमा रहेको ठगुन्नाले बताए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा